२०८० मंसिर १५, शुक्रबार
नवलपुर । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बिहीबार अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदै छन् । विश्वकप लिग–२ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।
युएईसँगको हारले नेपाल चौथो स्थानमा सीमित हुनेछ । यसै कारण दुवै टोलीलाई जित नै अन्तिम विकल्प हो । त्रिविको घरेलु मैदानमा नेपालले हजारौँ समर्थकबीच युएईविरुद्ध खेल्दै छ । नेपाल लगातार छैटौँ जित निकाल्ने योजनामा छ । मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पछिल्ला ११ मध्ये १० खेल जित निकालेको नेपालको नजर जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने हुनेछ । पछिल्लो पाँचमध्ये चार भेटमा नेपालले युएईलाई हराएको छ ।
युएईले आफ्नो पक्षमा एक खेल जितेको छ । तालिकामा नेपाल ३५ खेलबाट १८ जित र १५ हारसहित ३८ अंक जोडेर चौथो स्थानमा छ । ३५ खेलबाट ३३ अंकसहित युएई छैटौँ स्थानमा छ । अन्तिम खेलमा नेपालले जित हात पारे ४० अंकसाथ तेस्रो स्थान पक्का गर्नेछ । नामिबिया चौथो स्थानमा झर्नेछ ।
नेपालसमक्ष त्रिवि मैदानमा एक महिनाको अवधिभित्र दुई सिरिजमाथि क्लिन स्विप गर्ने अवसर छ । यसअघि, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । अहिले नेपालले चारमध्ये तीन खेलमा जित निकालेको छ । बुधबार अन्तिम खेलमा जित निकाले नेपालले सिरिजमाथि क्लिन स्विप गर्नेछ । नेपालले सिरिजअन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले युएईलाई एक सय ७७ रनले हरायो । नेपालले पिएनजीलाई ९ विकेटले स्तब्ध बनायो । नेपालले पछिल्ला दुई खेलमा क्रमशः युएईलाई ७१ रन र पिएनजीलाई ९५ रनमा अलआउट गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |