२०८० मंसिर २५, सोमबार
नवलपुर । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी-२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ ।
यस्तै आज बिहान करिब ६ बजे हेटौंडा-११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडकखण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिंदा घाइते महिलालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महिलाको थप पहिचान भएको छैन ।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |