२०८० मंसिर २०, बुधबार
नवलपुर । नेकपा एमाले नवलपुरले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्र्तगत नवलपुर जिल्लाका ८ वटै पालिकाको बिस्तारीत बैठक सम्पन्न भएको छ । जिल्लाका कावासोती, देवचुली, गैडाकोटर मध्यविन्दु नगरपालिका कमिटि र बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र बुलिङटार गाँउपालिका गरी ८ बटै पालिकाको बिस्तारीत बैठक सम्पन्न गरेको छ । मिसन ग्रासरुट अन्र्तगत सोमबार मध्यविन्दु नगरपालिकाको विस्तारीत बैठक सम्पन्न भएको छ ।
मध्यविन्दुको विस्तारित बैठक निगरपालिका कमिटी अध्यक्ष मधुविलास अधिकारीको अध्यक्षता र अभियानका लागि पार्टी केन्द्रिय अभियान्ताको रुपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्य तथा पुर्व सासद भुपेन्द्र बहादुर थापाको प्रमुख आतिथइतामा सम्पन्न भएको छ । भेलाले अभियानलाई टोल सम्म प्रभावकारी रुपमा संचालन गर्ने , पाटी सदस्यता नविकरण तथा प्रदान गर्ने गरी पालिका कमिटिका सदस्यहरुलाई वडागत रुपमा जिम्मेवारी समेत तोकेको पाटी जिल्ला सचिब एवम् मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो ।
विस्तारीत बैठकलाइ सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएका केन्द्रिय अभियान्ता थापाले ग्रासरुट अभियानमार्फत पाटी सदस्यता नविकरण तथा प्रदान गरीने, टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने, स्थानिय समस्याहरु बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जस्ले गर्दा पाटि प्रत्यक्ष रुपमा स्थानिय सग जोडिने बताउनुभयो ।
विस्तारीत भेलामा केन्द्रिय सल्लाहाकार परिषद् सदस्य तथा पुर्व सासद चन्द्रमणी खराल, प्रदेश सचिवालय सदस्यहरु टंकमणी शर्मा, हरी प्रसाद न्यौपाने, गण्डकी प्रदेश कमिटी सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य लक्षमण पाण्डे , एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डे, प्रदेश कमिटिका अभियान्ता शोभियत ढकाल सहित प्रदेश कमिटि सदस्यहरु, जिल्ला सचिव भिमलाल अधिकारी, पाटी जिल्ला सचिवालय सदस्य तथा जिल्ला सदस्यहरु, जिल्ला विभागका संयोजक एवम् सदस्यहरुको बैठकमा सहभागीता रहेको थियो ।
यस्तै मिसन ग्रासरुट ९पार्टी सुदृढीकरण तथा बिस्तार अभियान० अन्र्तगत नवलपुरमा वडागत रुपमा समेत अभियान संचालन भएको छ । हाल सम्म नवलपुर जिल्लाका १ दर्जन वडाहरुमा अभियान संचालन भईसकेका छन । आज देवचुली नगरपालिकाको वडा नं। ९ मा मिसन ग्रासरुट अभियान सम्पन्न भएको छ। पाटी अभियानका केन्द्रिय प्रतिनिधी जमिन्द्रमान घलेको प्रमुअ आतिथ्यतामा सम्पन्न भएको छ । त्यस्तै आज नै कावासोती नगरपालिकाको वडा नं। १६ मा समेत अभियान अन्र्तगत वडा भेला सम्पन्न भएको छ । भेलामा गण्डकी प्रदेशबाट खटीनुभएका प्रदेश अभियान्ता शोभियत ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नवलपुर जिल्लामा ३ जना केन्द्रिय प्रतिनिधिहरु खटिनुभएको छ । केन्द्रिय अभियान्ताको रुपमा पाटी केन्द्रिय सदस्यहरु जमिन्द्रमान घले, भुपेन्द्र बहादुर थापा र भिम कार्की रहनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |