२०८० मंसिर २४, आईतबार
तिर्थराज डुम्रे । नवलपुर । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आईतबारबाट मिसन ग्रासरुट शुरु भएको छ । नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको ग्रासरुट अभियानको आईतबार गाउँपालिकामा खटिनु भएका प्रमुख अभियान्ता भुपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा शुरु भएको हो ।
अभियानको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य थापाले नेकपा एमालेले पार्टीलाई जनता सम्म जोड्ने कडीको रुपमा अभियान सञ्चालन गरेको भन्दै सबै पार्टीका संगठित सदस्यहरुलाई अभियानमा लाग्न अनुरोध गर्नुभयो । पार्टीको सुदृढिकरण तथा विस्तार अभियानको रुपमा पार्टीको नयाँ संगठित सदस्यता थप, पुराना सदस्यता नविकरण, पार्टीको नीति तथा अभियानको बारेमा आम कार्यकर्ता र सर्वसाधरण मतदाता सम्म पु¥याउने अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले विनयी त्रिवेणी गाउँपालिकामा पार्टीको तर्फबाट पालिकाको नेतृत्व हुदै गर्दा आम मतदाताको अपेक्षा र त्यसको सम्बोधनको लागि समेत आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । ग्रासरुट अभियानको माध्यमबाट पार्टीलाई जनताको मनमनमा स्थापित गरिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले नवलपुरका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले नेकपा एमालेलाई जनताको पार्टीको रुपमा स्थापित गर्नको लागि अब सबै पार्टीका संगठित सदस्यहरु एकबद्ध र प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनुभयो । एमालेले नवलपुरको विभिन्न ६ वटा पालिकामा निर्वाचित भएको अवस्थामा संघ तर्फको दुवै निर्वाचन क्षेत्र गुमाउनु परेको भन्दै अब जनतामा पार्टीको पक्षमा जनलहर स्थापित गर्नेगरी अगाडी बढ्नु पर्ने बताउनुभयो ।
एमाले नवलपुरका जिल्ला सचिव भिमलाल अधिकारीले पार्टीले आम किसान र मजदुर सम्म पुग्नेगरी अभियानको शुरुवात गरेको भन्दै पार्टीको जग भनेको किसान र मजदुर भएको भन्दै अब पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको वर्ग सम्म पुगेर पार्टीलाई थप सुदृढिकरण गरिने बताउनुभयो । उहाँले पार्टीको जग पार्टीका संगठित सदस्यहरु भएको भन्दै पार्टीको संगठन बिस्तारमा अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा राखेको अडान र पछिल्लो राजनितिक घटनाक्रमको बारेमा पनि सबैलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
एमाले नवलपुरका जिल्ला उपसचिव भिमलाल कण्डेलले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार शुरुवात भएको अभियानलाई सफल बनाउने दायित्व सबै पार्टी कमिटी सदस्यहरुको भएको बताउनुभयो । उहाँले अबको निर्वाचनबाट पार्टीलाई बहुमत सहित पहिलो पार्टीको रुपमा स्थापित गर्नका लागि यो अभियान कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
एमाले जिल्ला सचिवालय सदस्य एवम् विनयी त्रिवेणी गाउँपालिकाका अभियान्ता बाबुराम पाण्डेले अभियानको दौरान सबै पार्टी सदस्यहरु संग नियमित समन्वय र योजना निर्माणमा रहने बताउनुभयो । एमाले विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष एवम् निर्वाचित गाउँँपालिका अध्यक्ष समेत रहनु भएका घनश्याम गिरीले पार्टीलाई अनुसाशित र बलियो बनाउने दायित्व सबै पार्टी सदस्यहरुको भएको बताउनुभयो ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापा प्रमुख अभियान्ता रहनु भएको छ भने प्रदेश कमिटी सदस्यहरु कृष्ण प्रसाद घिमिरे, टंकमणी शर्मा, लक्ष्मण बहादुर पाण्डे, कृष्ण बि.के., कर्ण बहादुर सुनारी, रन्नता काफ्ले, जिल्ला सचिवालय सदस्य अमृत प्रसाद ज्ञवाली र बाबुराम पाण्डे अभियान्ताको रुपमा रहनु भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |