२०८० चैत्र १५, बिहिबार
कावासोती । नवलपुरको कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा ४ किलोको ट्युमरको अपरेशन गरिएको छ । पाठेघरमा रहेको चार किलो तौलको ट्युमर सफलतापूर्वक अपरेशन गरिएको अस्पतालका निर्देशक डा. छविलाल थापाले बताउनुभयो ।
६५ वर्षीय महिलाको पाठेघरमा रहेको ४ किलोको ट्युमर अस्पतालमा सफलतापूर्वक अपरेशन गरिएको डा. थापाले बताउनुभयो । महिलाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको उहाँको भनाई छ ।
महिला तथा स्त्रीरोग विशेषज्ञ डा. केशव आचार्य, वरिष्ट एनेस्थेसियोलोजी डा। विजयराज न्यौपाने सहित सृजना तामाङ, प्रतिमा श्रेष्ठ ,पूर्णकला थापा, एनेस्थेसियन सहयोगी विमल , यसैगरी दुर्गा महतो र रामु हमालको टिमले पाठेघरमा रहेको ४ किलोको ट्युमरको सफलतापूर्वक अपरेशन गरेका हुन् ।
कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक अस्पतालले पछिल्लो समय दक्ष जनशक्ति र नयाँ उपकरण सहित विभिन्न प्रकारका स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालबाट प्रदान गरिने हरेक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन अस्पताल प्रशासन निरन्तर लागेको र सोही अनुसार सेवाग्राहीले समेत लाभ लिने गरेको निर्देशक डा। थापाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |