२०८० मंसिर १६, शनिबार
पाेखरा। गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापाका स्वकीय सचिव प्रकाश शर्माले असहाय एवम् दिर्घरोगीहरुलाई आर्थिक सहयोग गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच ५ जना विपन्न एवम् दिर्घरोगीहरुलाई आर्थिक सहयोग गरेका हुन ।
साथै स्वकिय सचिव शर्माले आफ्नो प्रत्येक महिनाको मासिक पारिश्रमिकबाट केही रकम निरन्तर सामाजिक सेवामा खर्च गर्ने बताए । उनले भने , “मेरो मासिक पारिश्रमिक मध्येबाट प्रत्येक महिना ५ जना विपन्न, असहाय एवम् दिर्घरोगीहरुलाई उपचारमा सहयोग पुगोस भन्ने उद्धेश्यले निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।”
स्वकिय सचिव शर्माले पहिलो महिनाको तलबबाट माछापुच्छ्रे गाउँपालिका वडा नं ३, घाचोक निवासी दुवै मृगौला फेल भई उपचाररत ५० वर्षीया बुद्धिमाया नेपालीलाई रु एक हजार नगद सहयोग गरेका हुन् ।
त्यस्तै आइतबार पोखरा -९ सुकुम्वासी बस्तीमा बस्ने क्यान्सर पिडित दुबै खुट्टा नभएका ४५ वर्षँका कृष्ण परियारलाई आर्थिक सहयोग स्वरुप रु. एक हजार सहयोग गरेका छन् । । त्यस्तै पोखरा- ९, पार्वति टोलमा बस्ने लामो समयदेखि पाटे घरको क्यान्सरबाट पिडित ५५ वर्षीया चन्द्र कुमारी पाण्डे, पोखरा -९ , शान्तिवन निवासी नसा सम्वन्धि रोगबाट पिडित ७० वर्षीया देवि लामा र सोही स्थानका बस्ने शारिरिक रुपमा अपांगता भएकी १९ वर्षकी रूपा परियारलाई समान एक , एक हजार आर्थिक सहयोग गरेका छन् । रुपा परियारका आमा र दाइको गत वर्ष क्यान्सरका कारण मृत्यु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय अपाङ्ग सेवा समाजका अध्यक्ष वुद्धि वहादुर पन्त , समाजसेवि जित वहादुर मोक्तान , पार्वती टोल आमा समुहका अध्यक्ष लेखमाया गुरूङ लगायतको उपस्थिति रहेको थियो ।
विश्वासानन्द फाउण्डेशनका केन्दिय महासचिव एवं नेपाल रेडक्रस सोसाईटी पोखरा ९ उपशाखाका सचिव समेत रहेका शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |