२०८० मंसिर २०, बुधबार
नवलपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तिब्रता दिएको छ । अभियान अन्तरगत आईतबार कावासोतीमा बिस्तारीत भेला सम्पन्न गरेकोछ । बिस्तारीत भेला कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गानको अध्यक्षतामा र अभियानका अभियान्ता पार्टीका केन्द्रीय सदस्य भिम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
विस्तारित बैठकमा पार्टी केन्द्र र प्रदेश बाट अभियान्ताको रुपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्यहरु भिम कार्की तथा गण्डकी प्रदेश सभा सदस्य, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य पदमा जि सि , केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश लेखा आयोग संयोजक केस बहादुर के। सी।, गण्डकी प्रदेश कमिटी सदस्य शोभीयत ढकालले अभियानको विषयमा मन्तव्य राख्नुभएको थियो । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियान सम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित कार्यक्रमको थालनी गरेको छ ।
कावासोति नगर कमिटीको बिस्तारित बैठकमा बोल्दै अभियानका अभियान्ता भिम कार्किले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो । अभियानले पाटि सुदृढीकरण हुनको साथै पाटिलाई मजबुत बनायर लैजाने बताउनु भयो ।
अभियानले पार्टी र तल्लो तहका जनतालाई जोड्ने उहाँले बताउनुभयो । निम्न बर्गको अवस्था के छ, उनिहरुको कुरा बुझ्ने र पार्टीको माथिल्लो तहसम्म पुर्याएर पार्टी र जनता बिचमा रहेको दुरी घटाउने , पार्टीका निति र कार्यदिशा जनता सम्म पुर्याउने काम अभियानले गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मिसन ग्रासरुट अभियानमा केन्द्रबाट खटिएका नेता सहित केन्द्रिय लेखा आयोगका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठ लगायतले आफ्नो भनाई राख्दै यो अभियानले पार्टी र जनतालाई जोड्ने काम गर्ने बताएका थिए । पार्टीका कार्यक्रम जनताका माझमा पुग्ने र जनताका कुरा पार्टी नेतृत्वसम्म पुर्याउर्दै पार्टीलाई थप सुदृढ र मजबुत बनाउन अभियानले सहयोग पुग्ने बताएका थिए ।
बिस्तारित बैठकमा एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष पाण्डेका अनुसार हाल सम्म देवचुली नगरपालिका,गैंडाकोट नगरपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका कमिटीमा अभियानलाई प्रभावकारी रुपमा अगी बढाउन पालिका कमिटिको बैठक सम्पन्न गरीएको र फागुन २९ गते सम्म सबै पालिकाको बैठक सम्पन्न गरी सकिने बताउनुभयो ।
पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार मिसन ग्रासरुट दुई महिने अभियान सञ्चालन गर्न पार्टी केन्द्र र प्रदेशले खटाएका नेताहरूको साथमा जिल्ला कमिटिका नेताहरुाई वडागत रुपमा जिम्मेवारी प्रदान गरीएको बताउनु भयो । पालिकाहरुको बैठक सम्पन्न सगै वडा गतरुपमा पठाईएका प्रतिनिधीहरुले जिम्मेवारी प्राप्त वडाहरुमा गई अभियान संचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । अभियान दुई महिना सम्म संचालन हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । अभियानको क्रममा पाटी सदस्यता नविकरण तथा प्रदान गरीने, टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने, स्थानिय समस्याहरु बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जस्ले गर्दा पाटि प्रत्यक्ष रुपमा स्थानिय सग जोड्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |