२०८० मंसिर १४, बिहिबार
डण्डा । नवलपुरको कावासोती –१४, कोटटाँडीमा रहेको रामजानकी मन्दिरमा २४ घण्टे अखण्ड हरिकृतन सम्पन्न भएको छ । शनिबारबाट शुरु भएको अखण्ड कृतन आज सकिएको हो ।
रामजानकी मन्दिरमा भएको (अष्टजाम) अखण्ड हरिकृतनमा वनदेवी कृतन मण्डली, सुस्ता –१, लक्ष्मी सगुन कृतन समूह ,बर्दघाट १३ र जमुनावारी छठमाता कृतन समूह प्रतापपुर –२,का भजन मण्डली समूहले २४ घण्टा निरन्तर भजन कृतन गरेका थिए ।
गाउँमा रहेको मन्दिरमा वार्षिक रुपमा अखण्ड कृतन गर्नुपर्ने समाजसेवी एवं थारू अगुवा चिन्तामणि चौधरीले बताउनुभयो । थारू समुदायमा गाउँमा भएका कुटी ,मन्दिरुमा वार्षिक रुपमा अखण्ड कृतन गर्नुपर्ने मान्याता अनुसार यो कार्य गरिएको उहाँले बताउनुभयो ।
भजन मण्डलीका सदस्यहरू र स्थानीयवासीको उपस्थितिमा निरन्तर भजन कृतन सहित नृत्य कार्यक्रम गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष तुलसीराम थारूले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |