२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको देवचुलीमा आज भएको सवारी दुर्घटना परी एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार भारतीय ट्रकको ठक्करबाट रजहर निवासी ५५ वर्षीय डालीमाया दमाईको मृत्यु भएको हो ।
देवचुली नगरपालिका वडा नं २ दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको एच आर ३८ टी ७७१५ नं को भारतीय ट्रकले साइकलयात्री डालीमायालाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते हुनुभएकी उहाँलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पठाइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भयो ।
ठक्कर दिने ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |