२०८० मंसिर १५, शुक्रबार
इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ ।
समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो ।
दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।
उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ। टर्कीबाट आएका आप्रवासी चढेको डुङ्गा दुर्घटनामा परेको हो । इटलीका राष्ट्रपति सर्जियो मेटरेलाका अनुसार डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |