२०८० मंसिर २४, आईतबार
कावासाेती । कावासाेती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विपन्न परिवारलाई प्रदान गर्दै आएको निशुल्क धाराका लागि निवेदन माग गरेको छ। खानेपानीले आफ्नो सेवा क्षेत्र भित्र रहेका विपन्न परिवारलाई निशुल्क धारा बितरण गर्ने याेजना अनुसार अहिले निवेदन माग गरिएको संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो ।
स्वीकृत कार्यक्रम अनुसार आयोजनाको क्षेत्र भित्रका अति विपन्न परिवारका लागि २० वटा निशुल्क विपन्न धारा जडान गरिने अध्यक्ष लम्सालले बताउनुभयो ।
फागुन २८ गते भित्र निशुल्क धारा जडानका लागि निवेदन पेश गर्न सकिने उहाँले बताउनुभयो ।
संस्थाका अनुसार निशुल्क धाराका लागि आयोजनाको सेवा क्षेत्र भित्र स्थाई वासोवास भएको नेपाली नागरिक हुनुपर्ने । एकाघरको परिवारमा हालसम्म धारा जडान नभएको हुनु पर्ने । दैनिक ज्याला मजदुरी भन्दा अरु कुनै प्रकृतिको आम्दानीको श्रोत नभएको हुनुपर्ने । एकाघरको परिवारको सदस्य स्वदेश तथा वैदेशिक रोजगारिमा नभएको हुनुपर्ने ।घर बॉस नम्बरी या ऐलानीमा सामान्य प्रकारको हुनुपर्ने । सम्बन्धित वडा कार्यलयबाट स्थाई बसोबास तथा विपन्नताको सिफारिस भएको हुनुपर्ने । खानेपानी वितरण प्रणालीको पाइपलाइन बाट ५० मिटर भित्र घर हुनुपर्ने छ ।
यस्ता मापदण्ड पुगेको भए नेपाली नागरिकताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जा वा स्थाई बसोबासको सिफारिस, सम्बन्धित वडा कार्यालयबाट विपन्न परिवारको सिफारिस
र हाल बसोबास रहेकी घरको फोटो १ प्रति सहित निवेदन दिन संस्थाले एक सुचना प्रकाशित गरेर अनुराेध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |