२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपरासी (ब.सु पुर्व) मध्यविन्दु नगरपालिका वडा नं. १ गुण्चरी निवासी २२ बर्षका अनिल विकको अण्डकोषमा क्यान्सर भई उपचार भई रहेको छ । मध्यविन्दु नगरपालिकाबाट विपन्न नागरीक औषधी उपचार सहुलीयत सिफारिस भए पनी आउन जान यातयात खर्च र बस्नका लागि समेत खर्च नहुदाँ स्थानिय पालिकाबाट सिफारीस भए पनी अन्य खर्चको व्यवस्थापन हुन नसक्दा निःशुल्क सेवा समेत लिन नसकिएको अनिलका आमा सिता विश्वकर्माले बताउनु भयो ।
अनिल वि.क.लाई उपचार खर्च जुटाउन वडाको सिफारीसमा बिरामीका आमाको नाममा मध्यविन्दु – २ मा रहेको सिटिजन बैक कोल्हुवा शाखामा खाता खोलीएको छ । सहयोगी मनहरुलाई सहयोगका लागी सिटिजन बैक कोल्हुवा शाखाको खाता नं. १३४०१०००००५१८०४१ मा रकम जम्मा गरीदिनहुन घरपरिवार र वडा कार्यालयले अनुरोध गरेको छ ।
पाँच जना सदस्य रहेको परीवारका जेठो छोरालाई नै क्यान्सर रोग लागे सगै घर परीवारमा समेत विचल्ली परेको छ । अनीलले डोको बुनेर घर परीवारको गुजारा टार्दै आएका थिए । अनीलका बुबा उनी ११ बर्ष देखी परीवारको सम्पर्कबाट टाढा रहेका छन । स्थानिय, आफन्तको सहयोगबाट अण्डकोषको अप्रेशन गरे पनी निको नभएपछि ,पुन स्वास्थ्य जाँच गर्दा अण्डकोषमा क्यान्सर देखीएकोले उनलाई बचाउन र स्वास्थ्य खर्च जुटाई सहयोग गरीदिन परीवारले सहयोगी मनहरुसँग आर्थिक सहयोगको अपील गरेको छ । अनीलको आमा सीता विश्वकर्माको मोवाईल नं. ९८४७१७५१८८ रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |