२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरमा सञ्चालित क्रसर उद्योग सञ्चालन गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको समन्वयात्मक बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
जिल्ला समन्वय प्रमुख बाबुराम बिश्वकर्माको संयोजकत्वमा बसेको बैठकले गृह मन्त्रालय ( शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा ) को च। नं। १३३३ मिति २०७९ माघ १५ गते को पत्र साथ प्राप्त नेपाल सरकार मन्त्री परिषदको माघ ११ गते बसेको बैठकले गरेको निर्णय अनुसार सो सम्बन्धमा दर्ता भइ सञ्चालनमा आएका तथा कुनै विषेश परियोजनाका लागि स्थापना भइ सञ्चालनमा आएका तर परियोजना सकिएपछि पनि सञ्चालनमा रेहका क्रसर उद्योगहरू बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै दर्ता भइ सञ्चालनमा रहेका तर नवीकरण नभएका क्रसर उद्योगहरू प्रचलित कानुन अनुसार तिर्नु पर्ने कर दस्तुर शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्न दिने , प्रचलित कानूनी प्रावधान र मापदण्ड विपरित सञ्चालन भएका ढुङ्गा , गिटी , बालुवा , रोडा तथा उत्खनन , प्रशोधन कार्यमा संलग्न उद्योगहरू जुन काम गर्ने उद्देश्यले दर्ता भएका छन त्यो भन्दा बाहेकका कार्यहरू गर्न नदिने निर्णय भएको छ ।
यसैगरी माथि गरिएका निर्णयहरू कार्यान्वयनका लागि अभिलेख लगायतका विवरणहरू , सूचिहरु जिल्ला समन्वय समिति आन्तरिक राजश्व कार्यालय , पर्यटन तथा उद्योग कार्यालय प्रमुखहरूले स्थानीय तह हरुसंग समेत समन्वय गरी तयार गरी सरोकारवाला निकायलाई उपलब्ध गराउने र प्राप्त परिपत्र अनुसारका विषयहरू कार्यान्वयन गर्न कुनै द्विविधा भएमा वा गुनासो आएमा जिल्ला समन्वय समिति मार्फत संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय भएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल , जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारी , राष्ट्रिय अनुषन्धानका प्रकाश शाह लगायत सुरक्षा निकाय , सरोकारवाला कार्यालयका प्रमुखहरू र क्रसर उद्योगीहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |