२०८० मंसिर १४, बिहिबार
काठमाडौं: आज देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले प्रदेश एकसहित देशका पहाडी भू-भागहरूमा आंशिक बदली हुनेछ।
आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यी तीन प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यो क्रम राति पनि जारी रहनेछ ।
देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातका साथै तराईका केही स्थानहरूमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |