२०८० मंसिर २५, सोमबार
कावासोती । वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम आज अमलटारी होम स्टेमा सम्पन्न भएको छ । गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा कावासोतीको अमलटारी होम स्टेमा कार्यक्रम भएको हो ।
वन र वन्यजन्तुको संरक्षणको विषयमा आम समुदायलाई थप जागरुक गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वनका अध्यक्ष नर बहादुर महतोले बताउनुभयो । अमलटारीमा भएको कार्यक्रममा बोल्दै कावासोती नगरपालिका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद भुसालले संरक्षणमा देखिएको चुनौती समाधानका लागि निकुञ्ज प्रशासन चनाखो बन्नुपर्ने बताउनुभयो । केहि दिन अघि मात्रै गैँडा चोरी शिकारका कारण मृत्यु भएको भन्दै निकुञ्ज प्रशासनले त्यसपछि ति व्यक्तिको खोजीमा यहाँ रहेका होटलमा आउनेको नयाँ व्यक्तीको जानकारी लिने ,रेखी गर्ने काम गर्यो गरेन भन्दै प्रश्न गर्नुभयो । संरक्षणको सवालमा स्थानीय लागिरहेको भएपनि निकुञ्ज प्रशासनले सुरक्षाका विषयमा थप योजना बनाउन आवश्यक रहेको नगर प्रमुख भुसालले बताउनुभयो ।
राष्ट्रय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा अहिले मध्यवर्ती भएकै कारण विविध समस्या झेल्दै आएको भन्दै यस प्रति निकुञ्जले गम्भिर भएर समाधानका उपाय निकाल्नुपर्ने समेत नगर प्रमुख भुसालले बताउनुभयो । निकुञ्ज प्रशासनले स्थानीय तहसँग समन्वय समेत गर्न नखोज्ने यता आफ्ना पालिकाका बासिन्दा समस्या झेल्दै बस्नुपरेको बताउँदै निकुञ्जले यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा हुने मानव वन्यजन्तु बिचको द्धन्द न्यूनिकरणका लागि पर्खाल निर्माण सहितका काम निरन्तर रुपमा गरेको बताउनुभयो । उहाँले संरक्षणका सवालमा भने सबै लाग्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले निकुञ्जको हालको संरक्षण सम्बन्धीको हेराइलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । हाल यस विषयमा स्थानीय तहसँग कुनै पनि सहकार्य र साझेदारी नभएको बताउँदै यस विषयमा निकुञ्जले सोच्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यावरणीय रुपमा होस या आर्थिक रुपमा होस समग्र देश र विश्वलाई फाइदा पुग्ने भएपनि स्थानीय सरकारसँग कुनै समन्वय नरहेको उहाँले बताउनुभयो । निकुञ्जबाट जनता समस्यामा समेत परेको तर ति विषयमा आफूहरू जानकार भएपनि सम्बोधन गर्ने स्थिती नभएको बताउँदै अब आवश्यक नीतिमा परिमार्जन गरि स्थानीय सरकारसँग समन्वय गर्दै संरक्षणका काम सँगै समस्या समाधानका लागि समेत निकुञ्ज लाग्नुपर्ने नगर प्रमुख अधिकारीले बताउनुभयो । उहाँले राज्यले मात्रै वन र वन्यजन्तु संरक्षण गर्न नसक्ने भएकाले स्थानीयलाई थप जोडेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
होम स्टे एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले संरक्षणको सवालमा थप गम्भिर बनेर सबै लाग्नुपर्ने बताउनुभयो । यसका लागि राज्यका हरेक निकाय सहित स्थानीयको सहभागिता थप मजबुत बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
संरक्षणकर्मी डिबि चौधरीले अहिले मध्यवर्तीको कारण परेका समस्याले स्थानीयहरु यस प्रति गलत रुपमा हेर्ने अवस्थामा पुगेको भन्दै यसमा गम्भिर बनेर सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । हिजो मध्यवर्ती सहित यसको संरक्षणमा लाग्ने स्थानीय अहिले मध्यवर्तीले गर्दा दुख भयो ,समस्या भयो भनेर संरक्षणका सवालमा समेत उदासिनता देखाउने परिस्थिती निर्माण हुन लागेकाले समयमै यस विषयलाई चासोका लिएर संरक्षणको कार्यलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने विभिन्न व्यक्तिहरुले वन्यजन्तु संरक्षणमा देखिएका चुनौती समाधानका लागि सबै पक्ष गम्भिर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम जनप्रतिनिधि, संरक्षणकर्मी, स्थानीय, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष नरबहादुर महतोको अध्यक्षता , सदस्य पुष्परत्न महतो संचालनमा भएको थियो भने स्वागत वनका कोषाध्यक्ष लिला बहादुर महतोले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |