२०८० मंसिर २०, बुधबार
डेढगाउँ। कुलमणी ढुङ्गाना। नवलपुरकाे बाैदीकालीमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बाैदीकाली गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियोे । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न खेल सहित भलिवल, कपर्दी लगाएका खेलहरु खेलाइएको थियोे । तिन दिनसम्म चलेको प्रतियोगिता बाट प्रथम भएका खेलाडिहरु जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताकाे लागि छनौट भएका छन् । प्रतियोगितामा डेढगाउँ मा वि डेढगाउँ प्रथम, शारदा मा वि रकुव द्वितिय र नगरडाडा मा वि रुचाङ्ग तृतीय भएका हुन ।
आज भएको समापन कार्यक्रममा बौल्दै कार्यक्रमका सभापति तथा बाैदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले सबै बिजेता खेलाडी हरु लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
समापन कार्यक्रममा आगामी २०८० सालको १६ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता संञ्चालनकाे जिम्मेवारी बेलभञ्ज्याङ मा. वि र शारदा मा वि रकुवा लाई संयुक्त रुपमा दिईएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |