२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको आज निवर्तमान सांसद तिलक महतले उद्धघाटन गर्नुभएको हो ।
प्रतियोगितामा कावासोती नगरपालिका भित्रका ३० वटा विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न प्रतिस्पर्धा, भलिवल, कपर्दी, ताइकान्दो र सितोरिया तर्फका खेलहरु हुनेछन् । तिन दिनसम्म चल्ने प्रतियोगिताबाट प्रथम र द्धितिय हुने खेलाडि जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगतामा छनौट हुनेछन् ।
आज भएको उद्धघाटन कार्यक्रममा बौल्दै प्रमुख अतिथि निवर्तमान सांसद महतले खेलकुद स्वाथ्यका लागि ,राष्ट्रकका लागि भएको बताउनुभयो । खेल क्षेत्रले व्यक्तीको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो ।
कार्यक्रम कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले विद्यालय स्तरमा खेल सुधारका लागि नगरपालिकाले विशेष खालको कार्यक्रम अघि बढाउने बताउनुभयो ।
उद्धघाटन कार्यक्रम पूर्व भएको औपचारिक कार्यक्रममा कावासोती नगरपालिका उप प्रमुख फूलकुमारी थनेत, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे , नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी, विभिन्न वडाका जनप्रतिनिधि , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, नेपाल शिक्षक संघ नवलपुरका सचिव एवं जनता माविका प्रह गिरिराज गिरी , सरस्वती माविमा प्रअ फणेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |