२०८० मंसिर २४, आईतबार
नवलपुर । देशकै गौरवको आयोजना नारायणगढ – बुटवल सडक खण्ड विस्तार अन्तरगत परिक्षण कालोपत्रे गरिएको छ ।
पूर्वी खण्ड अन्तरगत (नवलपरासी बर्दघाट सुस्ता पूर्व) नवलपुरको गैंडाकोट नगरपालिका भेडाबारी खण्डमा आज १२ सय मिटर कालोपत्रे गरिएको हो । अहिलेका लागि परिक्षण गर्न मात्रै कालोपत्रे गरिएको आयोजनाका सूचना अधिकारी धिरज ढकालले जानकारी दिनुभयो । तत्काल १२ सय मिटर मात्रै कालोपत्रे गरिने उहाँले बताउनुभएको छ ।
सडक विस्तारको काम अहिले २३ प्रतिशत सम्पन्न भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । अहिले साना – ठूला पुल , ड्रेन निर्माण , माटो भर्ने ( फिलिङ ), सबवेश बनाउने लगायतका काम धमाधम भइरहेको सूचना अधिकारी ढकालले बताउनुभयो ।
काममा ढिलासुस्ती भएपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो । त्यसपछि निर्माण कम्पनीले काममा तिव्रता दिएको छ । अहिले दैनिक रुपमा आठ सय जना मजदुरले काम गरिरहेका छन् । बाटोको काम दिउसोको समयमा भएको छ । भने , पुलको काम दिउसो र राति गरेर गरिएको छ । केही पुलमा पायलिङको काम भएकोले रातिको समयमा पनि काम भइरहेको ढकालले बताउनुभयो ।
सम्झौताअनुसार चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २२ साउन २०७९ सम्म आयोजनाको सबै काम सक्नुपर्ने थियो । कोभिड – १९ संक्रमण , मजदुर आन्दोलन र ठेकेदारको ढिलासुस्ती लगायतका कारण काम सम्पन्न गर्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम भएको थियो ।
सडकका कारण यात्रुले निकै सास्ती खेप्न परेपछि सरकारले गत असोज ९ गते सार्वजनिक सूचना मार्फत निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो । एक महिनाको सयमसीमा दिएर काममा प्रगति नदेखिए ठेक्का रद्द गर्ने चेतावनी दिएपछि अहिले कामले गति लिएको हो ।
सरकारले गत साउनदेखि लागू हुने गरी ३८६ दिन म्याद थप गरेको छ । अहिले जसरी नै दु्रत गतिमा काम भए थपिएको म्याद अवधिसम्म करिब ४० प्रतिशत काम सम्पन्न हुने ढकालको भनाई छ ।
नारायणगढ – बुटवल सडक खण्ड विस्तार अन्तरगत पूर्वी खण्डमा १२ वटा ठूलो पुल ( मेजर ब्रिज) र सानो २२ वटा ( माइनर ब्रिज ) बन्नेछन् ।
११३ किलोमिटर सडक खण्डको काम गैंडाकोट – दाउन्ने र दाउन्ने – बुटवल दुई खण्डमा विभाजन गरेर सुरु गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |