२०८० मंसिर २४, आईतबार
कावासाेती । नवलपुरकाे कावासाेती-२, मा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहकाे १२ ओैँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। वनकाे प्राङ्गणमा भएको साधारणसभामा वन समूहका अध्यक्ष टंकप्रसाद काफ्लेले प्रगति प्रतिबेदन साथै आगामी याेजनाहरु सभामा प्रस्तुत गर्नुभएको थियाे। यसैगरी काेषाध्क्ष रुमती आलेले वार्षिक आयव्यय बिवरण प्रस्तुत गर्नुभएको थियाे ।
साधारणसभाकाे अवसरमा बेलचाेक स्थित नवदुर्गा मन्दिर परिसरमा निर्माण गरिएको प्रतिक्षालयकाे उद्वघाटन गरिएको थियाे । साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियाे।
नवदुर्गा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष टंकप्रसाद काफ्लेकाे अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपुरका सहायक अधिकृत दिपकप्रसाद पण्डितकाे प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियाे।
कार्यक्रममा सब डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्साल,कावासाेती नगरपालिका वडा नम्बर २ का अध्यक्ष शिवप्रसाद पाण्डे , कार्यपालिका सदस्य साेमन्ती सारु,२ का वडा सदस्य तिलक काफ्ले, आस्मती विक, सामुदायिक वन महासंघ केन्द्रीय सदस्य सीता खड्का , वनका सल्लाहकार समिति संयाेजक कृष्ण ठाडा,अनुगमन समिति संयाेजक शिवलाल चापागाईं ,सल्लाहकार समिति सदस्य राजेश साेनाम लगायतकाे उपस्थित रहेको थियाे। कार्यक्रमकाे संचालन वन समूहका सचिव मनकला पाण्डे(काफ्ले)ले गर्नुभएको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |