२०८० मंसिर १४, बिहिबार
गोविन्द नेपाली ।कावासोती। कावासोती नगरपालिका वडा न १७ मा रहेको सरस्वती माध्यामिक विद्यालय गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो ।
कार्यक्रममामा कावासोती नगरपालिका कि उपप्रमुख फुल कुमारी थनैतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थनैतले शिक्षा क्षेत्रको विकासका लागि राज्यले आवश्यक बजेट नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्तिथीमा निकै सुधार आएको बताउनु भयो । धेरै जसो सामुदायिक विद्यालयहरू निजी भन्दा पनि अब्बल बन्दै गएको बताउनुभयो । बालबालिकालाई गुणस्तरीय शिक्षा सँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो । आवश्यक साथ सहयोग नगरपालिकाले गर्ने प्रतिबधाता समेत प्रकट गर्नु भयो ।कार्यक्रममा बोल्दै वडा नं १७ का वडा अध्यक्ष चुडामणि थनैतले विद्यालय शैक्षिक तथा भौतिक सुधारका लागि बजेट उपलब्ध गराउन वडा बाट बजेटको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फणिन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
कार्यक्रममा कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर क्षेत्री , कावासोती १५;का वडा अध्यक्ष तेज कुमार श्रेष्ठ सिद्धार्थ आवसिय मा.बि. कावासोतीका प्रमुख भोज राज दाहाल सहित विभिन्न वडाका वडा सदस्य कार्यपालिका सदस्य विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकार, अभिभावक तथा समाजसेवी व्यक्तित्वको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष युक्त प्रसाद गौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न १ दर्जन बढी पुर्ब शिक्षक लाई सम्मान गर्दै जेहन्दार बिद्यार्थीहरु लाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे र बिधालयका शिक्षक तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो । भने विभिन्न कक्षा अध्यनरत बिद्यार्थी हरुले निर्माण गरेका बिज्ञान प्रर्दसनी लगायतका बस्तु बिधालय प्राङ्गणमा राखिएको थियो विभिन्न वडाका आमा समूहबाट विद्यालयको बार्सिक उत्सवमा आ – आफ्नो भेष भुसा सहितको झाकी समेतको प्रस्तुती रहेको थियो भने कार्यक्रम को सहजीकरण बिधालयका सहायक प्र. अ. डिल्ली प्रसाद न्यौपानेले गर्नु भएको थियोे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |