२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरमा यस वर्ष ४३ प्रजातिका चरा देखा परेको छ ।
हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४३ प्रजातिका चरा देखा परेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो ।
यस विगतमा देखिए पनि गत वर्षको गणनामा देखा नपरेको राज सुडिया , जुरे हुटिट्याउँ , बेल्चा ठुडे हाँस , जुरे हाँस र ध्यासेसिम कुखुरा यसपालि देखा परेको चौधरीले बताउनुभयो । जसमध्ये राज सुडिया चितवनतर्फ देखिरहेको तर नवलपुर तर्फ आजसम्मको गणनामा देखिएको थिएन । यस वर्ष देखा परेको चौधरीले बताउनुभयो ।
नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । गत वर्षको तुलनामा यो चरा थोरै मात्रै वृद्धि भएको पाइएको चौधरीले बताउनुभयो । यसवर्ष चार हजार ५०५ भेटिएको छ । गतवर्ष ४ हजार २७ , भेटिएको थियो ।
चरा गणनाको लागि जिल्लाको गैडाकोट सिख्रौली देखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई चार भागमा बाँडेर गणना गरिएको थियो ।
चरा गायकहरूको समुहले जलपंक्षीलाई टेलिस्कोप र बाइनाकुलर सहायताले गणना गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति, सिबिएपियु, लामिचौर मध्यवर्ती उपभोक्ता समिति लगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितमा चरा गणना गरिएको हो ।
जलपंक्षीको सङ्ख्या , वासस्थानको अवस्था, वासस्थानमा समस्या छ, छैन, चराको गतिविधि बुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि नेपालमा प्रत्येक वर्ष गणना हुँदै आएको छ ।
प्रतेक वर्षको गणनाले पानीमा आश्रित चराहरू घट्दोक्रममा रहेको देखाएको संरक्षणकर्मी चौधरीको भनाई छ । विगत वर्षहरूको नतिजा हेर्दा पछिल्लो केही वर्षयता चराको सङ्ख्यामा कमी आउँदै गएको पाइएको उहाँले बताउनुभयो ।
चराको सङ्ख्यामा कमी आउनुमा नवलपुर तर्फ नदी सुक्दै जानु र चितवनतर्फ नदी धेरै भागमा बाँडिएका कारण चराको वासस्थानमा असर परेको उहाँ बताउनुहुन्छ । नारायणी नदीमा बढ्दो प्रदुषण , बदलिदो हावापानीका कारण पनि चराको सङ्ख्यामा कमी आँउदै गएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |