२०८० मंसिर २५, सोमबार
नवलपुर । जिल्ला विपद व्यवस्थापन समिति (नवलपरासी बर्दघाट सुस्ता पूर्व ) नवलपुरले विपन्न र गरीब परिवारलाई न्यानो कपडा वितरण सुरु गरेको छ ।
आज कावासोती वडा नं. तीनका विपन्न परिवारलाई न्यानो कपडा ( ब्लाङकेट ) वितरण गरिएको छ । हिजो र आज गरी वडामा रहेका ३० परिवारलाई ब्लाङकेट वितरण गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो ।
कावासोती तीनबाट प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ब्लाङकेट वितरण गरी न्यानो कपडा वितरण सुरुआत गर्नुभएको हो ।
जिल्लाका विपन्न र गरीब ९८० परिवारलाई न्यानो कपडा वितरण गर्ने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकाका २२० , देवचुली नगरपालिकाका १५०, गैंडाकोट नगरपालिकाका २१० , मध्यविन्दु नगरपालिकाका १६० , हुप्सेकोट गाउँपालिकाका ७० ,विनयी त्रिवेणी गाउँपालिकाका एक सय , बुलिङटार गाउँपालिकाका ४० र बौदीकाली गाउँपालिकाका ३० जना गरी ९८० परिवारलाई वितरण गरिने घिमिरेले बताउनुभयो ।
केही दिन यता लगातार चिसो बढिरहेको हुँदा विपन्न तथा गरिब परिवारलाई असहज भइरहेकोले समितिले ब्लाङकेट वितरण सुरु गरेको उहाँले बताउनुभयो । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्य थालिएको उहाँले बताउनुभयो ।
सबै आठ वटै पालिकाका प्रतिनिधि सहित जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर विपन्न र गरीब घर पहिचान गरी ब्लाङकेट वितरण गर्ने निर्णय भएको प्रजिअ घिमिरेले बताउनुभयो । विपद व्यवस्थापन समितिले पालिकालाई ब्लाङकेट उपलब्ध गराएको र पालिकाले आफै वितरण गर्ने कार्य सुरु गरेको उहाँले बताउनुभयो ।
यस्तै नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाले पनि कावासोती तीनका १० परिवारलाई ब्लाङकेट भाँडाकुँडा र लगाउने न्यानो कपडा वितरण गरेको छ । रेडक्रसले आवश्यकता हेरेर जिल्लाका अन्य पालिकामा रहेको विपन्न तथा गरीब परिवारलाई सामाग्री प्रदान गर्ने नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाका सभापति बाबुराम कंडेलले बताउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |