२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व ( नवलपुरको) कावासोती नगरपालिकामा गैँडाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।
वडा नम्बर ११ निवासी ३६ वर्षकी अनिता बोटेलाई आज बिहान साढे छ बजे घरमै आक्रमण गरेको वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले जानकारी दिनुभयो । ट्वाइलेट जानेक्रममा बोटेलाई गैँडाले आक्रमण गरेको हो । घाईते बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक रहेको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
यस्तै कावासोती १२ गैरी निवासी ६० वर्षका निवासी टिकादत्त अधिकारीलाई पनि गैँडाले आक्रमण गरेर घाईते बनाएको छ । आज बिहान ९ बजे घर नजिकै बारीमा गैँडाले आक्रमण गरेको वडा अध्यक्ष दिपेश खनालले जानकारी दिनुभयो । घाईते अधिकारीको अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |