२०८० मंसिर १४, बिहिबार
कावासोती – दिनानुदिन बढेको चिसोलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले चोकचोकमा दाउराको प्रबन्ध गरेको छ ।
कावासोती नगरपालिकाभित्रका विभिन्न चोकहरूमा दाउराको प्रबन्ध गरिएको हो । बढ्दो चिसोका कारण जनजिवन प्रभावित बनेको हुँदा चिसोबाट बच्न केही हदसम्म भए पनि राहत प्रदान होस् भन्ने उद्देश्यले दाउराको व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका अध्यक्ष बाबुराम कंडलले बताउनुभयो ।
बिशेषतः बाटोमा हिड्ने बटुवा र कार्यालयमा आउने सेवाग्राहीलाई चिसोले बढी प्रभाव पारेकाले, चोकचोक तथा विभिन्न कार्यालयमा दाउराको व्यवस्था गरी आगो ताप्न मिल्ने प्रबन्ध मिलाएको कंडेलको भनाई छ । यसबाट आसपासका अन्य नागरिक समेत लाभान्वित हुने उहाँले बताउनुभयो ।
डिभिजन बन कार्यालय नवलपुरले दाउराको व्यवस्था गरेको र ढुवानीका लागि कावासोती नगरपालिकाले ट्रिपरको सहयोग गरेको कंडेलले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |