२०८० मंसिर २०, बुधबार
कावासाेती । ज्येष्ठ नागरिक दिवसकाे अवसरमा कावासाेती वडा नम्बर ७ मा सम्मान तथा न्यानो कपडा बितरण गरिएको छ । वडा कार्यालयकाे आयाेेजनामा वडा भित्र रहेका ७५ वर्ष भन्दा माथीको उमेर समूहका ६७ जना, पुर्ण अपागंता (क )वर्गका ९ जना र विपन्न नागरिक ३ जना गरि ७९ जनालाई न्यानो कपडा (ज्याकेट ) बितरण गरिएको वडा सचिव रेनुका चालिसेले बताउनुभयाे ।
ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा भित्रका ज्येष्ठ नागरिक , अपांगता भएकाकाे सम्मानमा न्यानाे ज्याकेट बितरण गरिएको वडा अध्यक्ष गाेविन्द प्रसाद महताेले बताउनुभयो ।
न्यानो ज्याकेट वितरण कार्यक्रम वडा अध्यक्ष गोविन्द प्रसाद महतोकाे अध्यक्षता ,ज्येष्ठ नागरिक मञ्च नवलपुरका अध्यक्ष सदानन्द जैसीकाे प्रमुख आतिथ्यता , १०२ वर्षे ज्येष्ठ नागरिक तुलसी चपाई लगायतको उपस्थितिमा भएको थियो । कार्यक्रमकाे संचालन वडा सचिव रेनुका चालिसेले गर्नुभएको थियो ।
यसै गरि कावासाेती नगरपालिका वडा नम्बर १२ मा पनि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |