२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पुस १६ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशित भएको छ । जस अनुसार पुस १० गते उम्मेदवारको मनोनयन दर्ता सोहि दिन नामावली प्रकाशन, उम्मेदवारको मनोनयन माथि दाविविरोध , जाँच बुझ र नामावली प्रकाशनको कार्यक्रम रहेको छ । १२ गते उम्मेदवारको मनोनयन फिर्ता सोहि दिन अन्तिम नामावली प्रकाशन र १६ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।
निर्वाचन समितिको कार्यालयले कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि मतदान हुने स्थलको नाम समेत सार्वजनिक गरेको छ । जस अनुसार कावासोती २ का लागि शिवमावि मतदान केन्द्र तय गरिएको छ । ३ का लागि शहिद स्मृति मावि, ५ का लागि कालिका मावि, ६ का लागि जनता मावि, ८ का लागि ज्ञानोदय मावि र ९ का लागि कावासोती आधारभुत विद्यालयलाई मतदान केन्द्र तय गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |