२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिकाले अनलाइनबाट योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्र हुने सबै योजनालाई अनलाइन प्रणालीबाट सम्झौता गर्ने काम अघि बढाएको हो ।
पालिका भित्र संचालन हुने योजना सम्झौताका लागि योजना सम्झौता किताब आवश्यक पर्ने र सोहि अनुसार हस्तलिखित रुपमा सम्झौताका काम अघि बढाउने गरिएकोमा अब भने यस्तो झंझट हटेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । अब योजना सम्झौता गर्दा योजना सम्झौता देखि सम्पन्न हुने बेलासम्मका सबै काम अनलाइनको माध्यमबाट हुने उहाँले बताउनुभयो । हाल गाउँपालिका कार्यालयबाट अनलाइन माध्यमबाट सेवा सम्झौता सुरु गरिएको छ । चाडै हरेक वडाबाट अनलाइनबाटै योजना सम्झौताको काम अघि बढाउने उहाँले बताउनुभयो । ‘हामीले सेवालाई थप सेवाग्राही मैत्री कसरी बनाउन सकिन्छ भनेर लागेका छौ, पालिकाका साना साना धेरै योजना हुन्छन्, फाइलिङ बिधिबाट काम गर्दा कहाँ के भएको छ, कसरी योजना अघि बढेको छ थाहा हुदैन ,तर अब अनलाइनमा सबै अभिलेख रहन्छ’ गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो ‘यसले कार्यालयलाई अभिलेखिकरणमा सहज त हुन्छ नै, सेवाग्राहीले फाइल बोकेर हिड्नुपर्ने झंझट समेत हट्छ ।’
अनलाइनमा योजना योजनाको नाम, प्रगती अवस्थाका लागि चाहिने सबै ढाँचा उपलब्ध हुनेछ । यसमा डिजिटल रुपमा अभिलेख राखिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखबहादुर बस्नेतले बताउनुभयो । अनलाईनबाट योजनाको काम अघि बढाउँदा योजनाको अवस्था के छ, कुन चरणमा काम भईरहेको छ , सबै अनुगमनमा अनलाइनबाटै गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउनुभयो । यसले कति योजना सम्झौता भए, कति बाँकी रहेका छन्, प्रगति कति भएको छ, लागत स्टिमेट के कस्तो रहेको छ सबै जानकारी प्राप्त हुने उहाँले बताउनुभयो । अनलाईनबाट योजना सम्झौताको काम गर्दा चाहिएको समयमा योजनाको रिपोर्ट तुरुन्तै निकाल्न सकिने हुँदा धेरै लाभ मिल्ने उहाँले बताउनुभयो । ‘अनलाईनबाट योजना सम्झौता गरि अघि बढाउँदा धेरै फाइदा छ, यसले समग्र पालिकाका भित्रका योजना कुन चरणमा अघिबढेको छ, थप गर्नुपर्ने काम के छन्, सबै जानकारी तत्काल थाहा पाउन सकिन्छ’ प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो ‘ यसले पालिकाको कामलाई थप प्रभावकारी बनाउन समेत सहयोग पुर्याउछ, समयमा काम सम्पन्न गर्नसमेत मद्धत पुग्नेछ ।’
गाउँपालिका भित्रका सेवालाई प्रभावकारी बनाउने ,सेवाग्राही मैत्री बनाउने आफूहरुको उद्येश्य रहेको र अनलाईनबाट योजना सम्झौताको कामले यि कार्यलाई थप सहयोग पुग्ने आफूहरुको विश्वास रहेको उपाध्यक्ष डिलकुमारी केसि सारुले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |