२०८० मंसिर २४, आईतबार
कावासाेती। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषिलो झोला ( आहार ) प्रदान गरेको छ ।
वडा नं. १ र २ का एक सय एक जना किसानलाई पोषिलो झोला प्रदान गरिएको छ । जसमा सुत्केरी भएका गाईभैँसीलाई आवश्यक पर्ने क्याल्सियम, मिनरल , आइरन झोल , सुत्केरी भएको समयमा पाचन शक्ति कमजोर हुने हुँदा भोक जाग्ने र पाचन शक्ति बढाउने रुटामेक्स र जन्मेको बच्चालाई बचाउन जुकाको औषधी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख रामदेव महासेठले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष भगवती बैदवार र वडा नं. दुईका अध्यक्ष पुष्पा आलेको उपस्थितमा किसानलाई पोषिलो झोला वितरण कार्यक्रम गरिएको हो । दुई वटा वडाका किसानलाई पोषिलो झोला वितरण कार्य सम्पन्न गरिएको छ । आज र भोलि गरेर गाउँपालिकाका बाँकी रहेका ४ वटा वडामा गरी सबै वडाहरूमा चार सय जना किसानलाई पोषिलो झोला वितरण गरिने छ ।
यो कार्यक्रम चालु आर्थिक वर्षभरी चल्ने छ । पहिलो चरणमा पालिकामा नाम टिपाएका किसानलाई वितरण गरेर कार्यक्रम सुरुआत गरिएको हो । अब पालिका भित्रका हरेक किसानले आफ्नो गाईभैँसी सुत्केरी भएकै दिन पोषिलो झोला प्राप्त गर्ने पशु शाखा प्रमुख महासेठले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष बैदवारका अनुसार पालिकाले यो कार्यक्रम निम्न आयश्रोत भएका किसानलाई लक्षित गरेर सञ्चालन गरेको हो । ‘निम्न वर्गीय किसानले गाईभैंसी सुत्केरी भएपछि उनीहरूका लागि आवश्यक पर्ने पौष्टिक तत्व खरीद गरेर खुवाउने क्षमता हुँदैन । जसले गाईभैँसीको स्वास्थ्यमा पनि असर पर्छ र दूध उत्पादन पनि कम हुन्छ । निम्न वर्गीय किसानले लाभ लिन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ । ’ बैदवारले भन्नुभयो ।
गाईभैँसीको सुत्केरी स्याहार तथा पोषिलो झोला कार्यक्रमका लागि पालिकाले चालु वर्षमा १५ लाख बिनियोजन गरेको बैदवारले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |