२०८० मंसिर २०, बुधबार
कावासोती – नवलपुरका बाह्र जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
आप्रवासी श्रमिक दिवस २०२२ को अवसर पारेर आइतबार कावासोती नगरपालिकामा एक कार्यक्रमका बीच सामाग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको सुरक्षित आप्रवासन परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । हिमालय सामुदायिक विकास मञ्च ( हिकोडेफ) र आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपुरको आयोजनामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शर्माले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |