२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपुर जेसीजले भोलि बुधवार कावासोतीका दुई स्थानमा एसिड आक्रमण विरुद्ध कार्यक्रम गर्ने भएको छ । एसिड आक्रमणको शिकार भएकी विरगञ्जकी मुस्कान खातुनको उपस्थितिमा कावासोतीका संस्थागत र सार्वजनिक गरी दुई विद्यालयमा किशोरी लक्षित अभिमुखीकरण कार्यक्रम गर्न लागेको जेसीज नवलपुरकी अध्यक्ष राधिका भुसालले बताईन् ।
जेसीज नवलपुरको आयोजना तथा रोट्रयाक्ट क्लव अफ नवलपुर सिटी र जागृति बाल तथा युवा सरोकार नेपालको सह आयोजनामा सार्वजनिकतर्फ शहिद स्मृति माध्यमिक विद्यालय र संस्थागततर्फ लुम्विनी आवासिय माध्यमिक विद्यालयमा कार्यक्रम हुने नवलपुर जेसीजले जनाएको हो ।
कावासोतीका सवै सामुदायिक तथा संस्थागत बिद्यालयबाट प्रतिनिधित्व हुने गरी उपस्थिति जनाउन मिल्ने भएकाले सम्वन्धित विद्यालयबाट किशोरी–छात्रा छनौट गरी अभिमुखीकरणमा सहभागी गराईदिन अध्यक्ष भुसालले आग्रह गरिन् ।
एसिड आक्रमण पिडित मुस्कानले आक्रमण बिरुद्धको अभियान सञ्चालन गर्दै देशका विभिन्न ठाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छन् । कार्यक्रममा मुस्कानले आफ्ना अनुभवका साथै एसिड आक्रमण जस्तो अपराधिक गतिविधि हुनसक्ने अवस्था, आक्रमण रोक्न सवै पक्षले खेल्नुपर्ने भूमिका, जिम्मेवारी, कर्तब्य, किशोरी सुरक्षाका विषयमा अभिमुखीकरण गर्नेछिन् । यस्तै, जिल्ला प्रहरी कार्यालय नवलपुरका तर्फबाट प्रहरी प्रतिनिधिले जिल्लाको स्थितिका बारेमा र कानूनी उपचारका बारेमा समेत अभिमुखीकरण गर्नेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |