२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोती नगरपालिका वडा नं. १२ मा बुधबार भएको माटो परीक्षणमा १०३ जना कृषकको माटो परिक्षण गरिएको छ ।
वडा कार्यालय परिसरमा बुधबार माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको आयोजना तथा वडा कार्यालयको समन्वयमा माटो परिक्षण कार्यक्रम भएको हो । परीक्षणपछि विज्ञले किसानलाई कृषि चुनको प्रयोग गर्न सुझाब दिएको वडा अध्यक्ष दिपेश खनालले जानकारी दिनुभयो । माटोमा चाहिने तत्व नाइट्रोजन , फस्फोरस र पोटास कम पाइएको अध्यक्ष खनालले बताउनुभयो ।
माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशका खुबराज बरा र भावना पोखरेल परीक्षणमा खटिनुभएको थियो ।
माटोमा पाइने तत्त्वहरू के कति मात्रामा छ ? यहाँको माटोमा कुन खेती गर्नु उपयुक्त हुन्छ ? भन्ने बारेमा जानकारी हासिल गर्न तथा माटोप्रतिको यहाँका कृषकलाई सचेतना वृद्धि गर्दै यहाँको समुदायलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
यहाँको माटोको अवस्था बारेमा विज्ञबाट आएको सुझाव अनुसार किसानसँग समन्वय गरेर वडाबाट आवश्यक योजना बनाउने खनालले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |