२०८० मंसिर २०, बुधबार
देवचुली । धुसेरी सामुदायिक वन उपभोक्ता समूहको ३२ औं साधाणसभा सम्पन्न भएको छ । देवचुली नगरपालिका १६ स्थित वनको आफ्नै भवनमा शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको देवचुली नगरपालिकाका नगर प्रमुख हरीप्रसाद न्यौपानेले उद्घाटन गर्नु भएका थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रमुख न्यौपानेले यो सामुदायिक वनले धेरै सम्भावना बोकेको बताउनुभयो । उहाँले वनले कुनैपनि अवसर गुमाउन नहुँने बताउँदै नगरको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा धुसेरी सामुदायिक वनका कार्यवाहक अध्यक्ष रत्न प्रसाद सापकोटाले राष्ट्रको दोस्रो सामुदायिक वनको नाममा चिनिने यस वनको गरिमा जोगाउन सबैको लगानी रहेको बताउनुभयो । उहाँले अध्यक्षको राजिनामा पछि आफुले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपश्चात अपुर्ण कार्यहरुलाई पुर्ण बनाउन लागिपरेको बताउँदै मयुर कुना पोखरीको काम भएको जानकारी दिनुभयो ।
कार्यलय सचिव चिन्तामणी चापाँगाईले सहजिकरण गर्नुभएको कार्यक्रममा सदस्य रनकान्ति सापकोटाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । MTV
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |