२०८० मंसिर १६, शनिबार
कावासोती । विश्व एड्स दिवसको अवसरमा कावासोतीमा प्रभातफेरी गरिएको छ । लुम्बिनी प्लसको आयोजना तथा एचआइभीको क्षेत्रमा काम गर्ने यहाँ रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्था सहित शैक्षिक संस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो ।
डिसेम्बर १ तारिकका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । आज ३५ औँ एड्स दिवसको अवसरमा कावासोती सहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको छ । यस वर्ष ‘एड्स अन्त्यका लागि समानता’ भन्ने नाराका साथ एड्स दिवस मनाइएको हो ।
कावासोतीमा खुला चौरबाट सुरु भएको प्रभातफेरी थाना चोक, इन्द्रचोक, नगरपालिका रोड हुँदै थाना चोकमा आएर समापन भएको थियो । प्रभातफेरिमा विभिन्न सचेतनामूलक नारा सहित प्लेकार्ड प्रदर्शनी गरिएको थियो । ‘एचआइभी संक्रमितलाई समान अवसर प्रदान गरौं, एचआइभी संक्रमितलाई गरिने भेदभावको अन्त्य गरांै’ लगायतका नारा सहितका प्लेकार्ड प्रदर्शनी गरिएको थियो ।
प्रभातफेरी पश्चात भएको कोणसभामा कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले एचआइभी ÷एड्सका बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।
लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले संस्थाले एचआइभी ÷एड्सको क्षेत्रमा काम गर्दै आएको जानकारी सहित संस्थाले गर्ने कामको बारेमा बताउनुभएको थियो । उहाँले एचआइभी संक्रमितलाई हरेक विषयमा समान व्यहवार गर्ने ,समाज र राज्यका हरेक निकायमा समानता प्रदान गरि उनिहरुलाई हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । अझै पनि समाजमा विभेद कायम रहेकाले विभेद अन्त्यका लागि सबै सरोकारवाला लाग्नुपर्नेमा जोड उहाँले जोड दिनुभयो । राज्यले एचआइभी सङ्क्रमितको सहज जीवनयापनका लागि आर्थिक क्रियाकलापमा जोड्ने, उपचारलाई सहज र पूर्ण निशुल्क बनाउन लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नवलपुरमा कतिपय सङ्क्रमितको आर्थिक अवस्था कमजोर रहेकाले पोषण र उपचारमा समस्या हुनेगरेको बताउँदै स्थानीय सरकारले यस तर्फ गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो । स्थानीय सरकारका स्वास्थ्य कार्यक्रममा एचआइभीका विषय कम मात्रामा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
जिल्लामा आफूहरूले एचआइभी सङ्क्रमितको उपचार , भेदभाव अन्त्यका लागि संस्था मार्फत काम गरिरहेको बताउँदै कोही पनि संक्रमितलाई रोग लुकाएर नबस्न समेत उहाँले अनुरोध गर्नुभयो । समयमा उपचारमा गए दीर्घ जीवनयापनमा सहयोग पुग्ने बताउँदै उहाँले संक्रमितको उपचार सहयोगमा संस्थाले समन्वय गर्ने समेत बताउनुभयो । संस्थाका अनुसार नवलपुरमा करिब ४ सय एचआइभी संक्रमित पहिचान भएकाछन् । यस बाहेक समाजमा लुकेर बसेको संख्या समेत उत्तिकै हुनसक्ने अनुमान गरिएकाले उनीहरूको अवस्था पहिचान गरि उपचारमा लैजानुपर्ने आवश्यकता रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |