२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती नगरपालिका चारमा रहेको मनकामना आमा समूहको भवन बुधबार शिलान्यास गरिएको छ ।
एक कार्यक्रमकाबीच कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासमा बोल्दै नगर प्रमुख भुसालले आमा समूहले निर्माण गर्न लागेको भवनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले महिला सशक्तीकरण र महिलाको क्षमता विकासमा आमा समूहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । समाज विकास र सामाजिक काममा यस्ता समूहले राम्रा र उदाहरणीय काम गर्दै आएको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फुल कुमारी थनेत , वडा अध्यक्ष नारायण लोहनी , वडा सदस्यहरू , स्थानीय अगुवा , आर्किटेक इन्जिनियर पवन रूपाखेती लगायतको सहभागिता रहेको थियो ।
कावासोती चार चिलाह टोलमा आमा समूहले सभाहल सहित दुई कोठाको, एक तले भवन निर्माण सुरु गरेको हो । कावासोती नगरपालिकाले भवनका लागि बजेट बिनियोजन गरेको छ ।
कार्यक्रम मनकामना आमा समूहकी अध्यक्ष केश कुमारी महतोको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |