२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो १ ः ३० बजे सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसाललका अनुसार महिला ४३ हजार ७ सय १२ र पुरुष ४१ हजार ४ सय ४७ गरि कुल ८५ हजार १५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।
जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको उहाँको भनाई छ ।
दुई संघ र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका छन् । जसमा संघ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार १८१ र २ तर्फ १ लाख २९ हजार २८० मतदाता रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |