२०८० मंसिर २०, बुधबार
कावासोती । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका १ सय १३ मतदान स्थलका ३ सय २ मतदान केन्द्र मध्य एउटा मतदान केन्द्रको जिम्मा महिलालाई प्रदान गरिएको हो । नवलपुरको कावासोती नगरपालिका –२, मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदान स्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा खटिएका ८ जना कर्मचारी सबै महिला मात्रै रहेको उहाँले बताउनुभयो । जिल्लामा रहेका मतदान केन्द्र मध्य एउटालाई महिलाले मात्रै संचालन गरि नमूना मतदान केन्द्र बनाउने योजना अनुसार यस्तो गरिएको उहाँले बताउनुभयो । ‘हामीले सबै मतदान केन्द्र भन्दा एउटा फरक गरौं भन्ने लाग्यो, त्यसमा पनि महिलालाई मात्रै जिम्मा दिएर महिलामैत्री बनाउने योजना अनुसार एउटा मतदान केन्द्रको जिम्मामा महिला कर्मचारीलाई मात्रै दिएका छौं ’ जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले भन्नुभयो । नवलपुरमा रहेका ३ सय २ मतदान केन्द्रमा २ हजार ४१६ कर्मचारी खटिएका छन् ।
यसै गरि नवलपरासी पश्चिममा समेत दुईवटा मतदान केन्द्र महिलामैत्री बनाइएको छ । नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर –२, अन्तर्गत रामग्राम नगरपालिका वडा नम्बर –१, मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदान स्थलनै महिलामैत्री बनाइएको हो ।
रामग्राम नगरपालिका वडा नम्बर –१, मा रहेको सयपत्री बोर्डिङ स्कुल स्थित मतदानस्थलमा मतदान अधिकृत सहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ । मतदान स्थलमा खटिने कर्मचारी सहित सुरक्षाकर्मी समेत यस मतदान स्थलमा सबै महिला खटाइएको छ । मतदान स्थलमा १६ जना महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरि १३ जना सुरक्षाकर्मी खटाइएकोमा सबै सुरक्षाकर्मी महिलामात्रै रहेका छन् । पश्चिम नवलपरासीमा १ सय २० मतदान स्थल र २ सय ८७ मतदान केन्द्र रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |