२०८० मंसिर २४, आईतबार
“सिडियाे कार्यालयले गर्दा काम राेकियाे”
नवलपुर । नारायणगढ –बुटवल सडक विस्तारको योजना बिलम्ब हुँदा यस खण्डमा यात्रा गर्ने लाखौं यात्रुले समस्या झेल्दै आएका छन् । आयोजनाको काम सुस्त हुँदा समस्या पर्दै आएको छ । पछिल्लो पटक आयोजनाले आफ्नो कामलाई तिव्रता दिन खोज्दा स्थानिय प्रशासनले अवरोध पुर्याएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले आफ्नो फेसबुक मार्फत लेखेका छन् । उनले सिडियाे कार्यालयबाट सकारात्मक समन्वय नहुदा समस्या थपिएको जनाएका छन् ।नवलपुरकाे सिडियाेका रुपमा हाल सुमन घिमिरे रहेका छन् ।
सडक विभागका महानिर्देशकले दुई वटा पोष्ट गरेका छन् । पोष्टमा राजमार्ग निर्माणका लागि आवश्यक कच्चा पदार्थ माटो, गिट्टी निकासीमा प्रशासनले रोक लगाउँदा समस्या उत्पन्न भएको जनाएका छन् । उनले लेखेका छन् ‘ जिल्लामा समन्वयको जिम्मा लिएर बसेकाहरु नै कसरी समस्या समाधान गरौं भनेर लाग्नु सट्टा कसरी बल्झाउ भनेर लागिदिँदा सबैलाई कठिन हुँदो रहेछ ।’
उनले उक्त पोष्टमा थप लेखेका छन् ‘सबैतिरबाट विरोध भएपछि आइइ÷इआइए प्रतिवेद मागेर राजमार्ग निर्माण रोक्न कानुनी उपाय खोज्दैछन् रे ।’
केहि दिन अघि समेत सडक विभागका महानिर्देशकले फेसबुकमा एउटा पोष्ट लेखेका छन् । त्यसमा समेत प्रशासनले निर्माण कार्य रोक्न खोजेको आरोप छ ।
चाडो सम्पन्न होस भन्ने आम धारण विपरित निर्माणको काम रोकिँदा यहाँका स्थानीय समेत आक्रोशित बनेका छन् । सामाजिक संजालमा प्रशासनले निर्माण कार्य रोकेको प्रति तिव्र आलोचना हुन थालेको छ ।
राजमार्गमा आवश्यक पर्ने माटो बोकेका टिपर अहिले देवचुलीमा रोकिएका छन् । यता कावासोतीमा समेत राजमार्गमा केरुङ्गेको गिट्टी नियमनुसार खरिद गरि प्रयोग गर्ने र माघ ÷फागुन अघि बजार क्षेत्रको काम सक्ने सहमती भएको भएपनि यस कार्य समेत प्रभावित बन्ने देखिएको छ । यस विषयमा नवलपुर प्रशासनले अझै कुनै आफ्नो धारणा भने सार्वजनिक गरेको छैन ।
-राजमार्गको फोटो सामाजिक संजालबाट प्रयोग
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |