२०८० मंसिर २५, सोमबार
कावासोती । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरमा आवश्यक निर्वाचन सामाग्री वितरण मङ्गलबारदेखि सुरु गरिएको छ ।
मुख्य निर्वाचनको कार्यालय कावासोती नगरपालिकाबाट निर्वाचन सामाग्री वितरण सुरु गरिएको हो । मतपत्र बाहेकका ५८ प्रकारका निर्वाचन सामाग्री वितरण गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । मतपेटिका , सुरक्षण शील ,छेकाबार , विभिन्न प्रकारका अनुसूची , रबर म्याट , लगायत गरेर ५८ प्रकारका सामाग्री वितरण गरिने कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
जिल्लाको पहाडी क्षेत्रहरूमा पर्ने दूरीले टाढा रहेका मतदान केन्द्रमा समयमै आवश्यक सामाग्री पुगोस् भनेर मङ्गलबारबाट वितरण सुरु गरिएको उहाँले बताउनुभयो । मंसिर एक गतेसम्म सबै मतदान स्थलमा सामाग्री पुगिसक्ने उहाँले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले ढुवानीको व्यवस्था गरेको र सुरक्षित तवरले सामाग्री ढुवानी हुने उहाँको भनाई छ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ मा ५७ मतदान स्थल र १५३ मतदान केन्द्र , प्रतिनिधि सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र २ मा ५६ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।
यस्तै प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ (१) मा २७ मतदान स्थलमा ७२ मतदान केन्द्र , प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र १ (२) मा ३० मतदान स्थल र ८१ मतदान केन्द्र कायम गरिएको छ ।
यसैगरी प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नम्बर २ (१) मा मतदान स्थल सङ्ख्या २८ र मतदान केन्द्र सङ्ख्या ७५ छ । प्रदेश सभा निर्वाचनतर्फ नवलपुर क्षेत्र २ (२) मा मतदान स्थल सङ्ख्या २८ र मतदान केन्द्र सङ्ख्या ७४ रहेको छ
दुई संघ र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका छन् । जसमा संघ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार १८१ र २ तर्फ १ लाख २९ हजार २८० मतदाता रहेका छन् । बैशाखमा सम्पन्न निर्वाचन पछि नवलपुरमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |