२०८० मंसिर १६, शनिबार
कावासोती । विश्व मधुमेह दिवसको अवसर पारेर सोमबार नवलपुरको कावासोतीमा सचेतना मूलक र्याली र मधुमेह परिक्षण कार्यक्रम गरिएको छ ।
कावासोती क्षेत्रमा रहेका लायन्स क्लबहरूको संयुक्त आयोजनामा थकाली चोकदेखि सुरु भएको ¥याली फलफूल चोकमा आएर सर्वसाधारणको मधुमेह परिक्षण कार्यक्रममा परिणत भएको थियो । र्यालीमा मधुमेह सम्बन्धी विभिन्न सचेतना मूलक प्ले कार्ड सहित नारा लगाइएको थियो ।
कार्यक्रममा ११९ जनाको मधुमेह परिक्षण गरिएको लायन्स क्लब अफ नवलपुर सिटीका अध्यक्ष विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । जसमध्ये १३ जना मधुमेहको उच्च जोखिममा रहेको पाइएको काफ्लेले बताउनुभयो ।
यस क्षेत्रमा विभिन्न सामाजिक काममा लायन्स क्लब अगाडि बढेको भन्दै उहाँले प्रतेक महिना कुनै न कुनै सामाजिक कृयाकलापमा लायन्स क्लब संलग्न भएको बताउनुभयो । उहाँले लायन्स क्लबको यस अभियानमा जोडिन समेत सबैमा आग्रह गर्नुभयो ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर को रिजन २२ का रिजन चियर पर्सन मनी गुरुङको संयोजकत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन लक्षुमण सुवेदी , लायन संगीता घले , लायन डा. पदम बहादुर घले , लायन रिता काफ्ले , लायन मुना कार्की केसी , लायन देवीमाया घिमिरे लगायतको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ नवलपुर सिटी , लायन्स क्लब अफ नवलपरासी नवलपुर , लायन्स क्लब अफ नवलपुर गोल्डेन सिटी , लायन्स क्लब अफ नवलपुर मीड सिटी , लायन्स क्लब अफ नवलपुर मीड पोइन्ट , लायन्स क्लब अफ नवलपुर डायनामिक र लायन्स क्लब अफ कावासोतीको आयोजनामा भएको कार्यक्रममा कावासोती नगरपालिका , इन्टिग्रेटेड हस्पिटल , नवलपुर अस्पताल , कावासोती सिटी क्लिनिक नवलपुर मधुमेह संघको सहयोग रहेको थियो । मध्यविन्दु जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरूले मधुमेह परिक्षण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |