२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सात त्रिवेणीमा बाघले जनावर माथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
विनयी त्रिवेणीमा यस अघि पनि बाघले जनधनको क्षति पु¥याएको थियो । यसअघि बाघले राजमार्ग आसपासको क्षेत्रमा आतंक मच्चाएको थियो । तर , अहिले फेरी त्रिवेणी क्षेत्रमा बाघले घरपालुवा जनवारलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका हुन । मध्यवर्ती वन क्षेत्र आसपासको बस्ती विनयी त्रिवेणी ७ फट्टिखोला टोलमा केही दिन अघि प्रेम गुरूङ्गको बंगुर बाघले खाएको थियो । हिजो राति फेरी गुरुङकै भैँसीको पाडा खाएको छ । सो क्षेत्रका स्थानीयको घर पालुवा जनावार माथी बाघको आक्रमण बढेपछि स्थानीयले बाघ नियन्त्रण लिएर जनधनको रक्षा गर्न माग गरेका छन् ।
घटनाका बारेमा बुझ्न विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार घटना स्थलमा पुग्नुभएको थियो । उहाँले बाघ नियन्त्रणका लागि निकुञ्जसँग सम्पर्क गरेको बताउनुभयो । निकुञ्ज प्रशासनबाट घटना स्थलमा सोधपुछ गर्ने काम समेत भएको उहाँले जानकारी दिनुभयो । स्थानीयले जतिसक्दो छिटो बाघ नियन्त्रणमा लिन अनुरोध समेत गरेका छन् ।
निकुञ्जबाट समेत बाघ नियन्त्रणमा लिने बारेमा आवश्यक छलफल गरेर प्रकृया अघि बढाउने जानकारी आएको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |