२०८० मंसिर २०, बुधबार
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सीमित नेताहरुले देशलाई बन्धकमा राखेको बताएका छन् ।
सिन्धुलीमा आयोजित चुनावी सभामा लिङदेनले सीमित नेताहरुको चक्रव्यूहमा देश फसेको बताएका हुन् ।
उनले भने, ‘सीमित नेताहरुले देशलाई बन्धक गरेर राखेका छन् । ती नेताहरुको चक्रव्यूहमा देश फसेको छ । देश पुरै बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा बनेको छ । २६ वर्ष कांग्रेसले देश चलायो । देशले के पायो ? ‘
चुनाव नियमित प्रकृया नभइ देशको भविष्य कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्ने उनको भनाइ छ।
उनले एउटा भोट गलत पार्टीलाई पर्यो भने पुरै देशले दुःख पाउने भन्दै सही उम्मेदवारलाई भोट दिन आग्रह गरे।
लिङदेनले भने, ‘यो चुनावमा राप्रपा उठेको होइन तपाईंहरु उठेको हो । तपाईका यिनै नेताहरुलाई कति चोटी भोट दिँदा देश भन्छ भन्नुस् त । शेरबहादुर देउवाजीलाई छैठौं चोटी प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?’
उनले देशको भविष्य उज्वल बनाउन राप्रपालाई मत दिनुपर्नेमा जोड दिए।
-अन्नपूर्ण पोष्ट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |