२०८० मंसिर २०, बुधबार
कावासोती । मंसिर ४ गते हुने निर्वाचनका लागि नवलपुरमा कर्मचारी खटनपटनको कार्य भएको छ । तर खटनपटनमा सेटिङ् भएको आरोप लागेको छ । जिल्लाका पहाडी दुईवटा पालिकामा काङ्गे्रस निकट नेपाल निजामती कर्मचारी युनियन र नेपाल शिक्षक संघमा आवद्ध शिक्षक तथा कर्मचारी लाई मात्रै मतदान अधिकृत र सहायक मतदान अधिकृत का रुपमा खटाइएको छ । जिल्लाका दुईवटा पालिका हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकामा रहने मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत कांगे्रस निकट मात्रै परिचालन गरिएको छ ।
मतदानको दिन निर्वाचनलाई प्रवाहित गर्ने उद्येश्यले यसरी कर्मचारी खटनपटन भएको हुन सक्ने स्रोतले बताएको छ । स्रोतका अनुसार दुई पालिकामा खटिने सबै मतदान अधिकृत र सहायक मतदान अधिकृत काङ्गे्रस निकट रहेका छन् । ‘यसरी कर्मचारी परिचालन गर्दा मतदानका दिन प्रभाव नरहला भन्न सकिएन’ स्रोतले भन्यो ‘कर्मचारी यसरी परिचालन गरिनु ठिक भएन ।’
मतदान अधिकृत र सहायक मतदान अधिकृत नियोजित रुपमा परिचालन गरेको भन्दै कतिपयले असन्तुष्टि व्यक्त गरेका छन् । स्रोतले भन्यो कर्मचारी परिचालन शंकास्पद छ, हाम्रो भनाई निर्वाचनमा कुनै प्रवाह नपरोस भन्ने हो । ’
यता खटनपटनकै विषयमा राहत,बालविकास,कर्मचारी ,करार शिक्षकले समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफुहरुलाई परिचालन नगरिएको र कतिपय ठाउँमा मर्यादाक्रम अनुसार नभएको भन्दै उनिहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |