२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरका पत्रकारहरूलाई निर्वाचन आचार संहिता सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
आइतबार कावासोतीमा आयोजना भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्व ( नवलपुर का कार्यालय प्रमुख लाल प्रसाद शर्मा भुसालले सहजीकरण गर्नुभएको थियो । उहाँले निर्वाचनमा मिडियाको भूमिकाको बारेमा प्रस्ट पार्दै निष्पक्ष र स्वतन्त्र भएर समाचार प्रकाशित तथा प्रसारण गर्ने , सत्य तथ्य समाचार दिने , निगरानी गर्ने (वजडग भूमिका) निभाउने , आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने मतदाताका सरोकार विषयमा एजेण्डा सेटिङ गर्ने , राजनीतिक दल र उम्मेदवारको घोषणा पत्रमा आधारित भएर जनसरोकारका एजेण्डालाई मतदातासम्म पु¥याउने र मतदाताको सरोकारका विषय राजनीतिक दलसम्म पु¥याउने काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै निर्वाचन प्रक्रियाको विषयमा मतदातालाई समाचारको मध्यमबाट जानकारी दिने , समाचार वा सूचना दिँदा अधिकतम सन्तुलनको प्रयास गर्ने , निर्वाचनसँग सम्बन्धित सार्वजनिक बहस र छलफलका लागि मञ्च दिन, प्रतिष्पर्धामा रहेका सबै पक्ष वा राजनीतिक दल वा उम्मेदवारहरूलाई आफ्नो विचार र धारणा व्यक्त गर्न समान अवसर प्रदान गर्ने लगायतका भूमिका मिडियाले निभाउनुपर्ने बताउनुभयो ।
यसैगरी निर्वाचनमा पत्रकारको भूमिकाको बारेमा जानकारी दिदै उहाँले निष्पक्ष र स्वतन्त्र भएर समाचार संकलन र लेखन गर्ने , सत्य तथ्य र विश्वसनीय समाचार बनाउने ,राजनीतिक दल र उम्मेदवारको गतिविधिलाई निगरानी गर्ने ,मतदाताका सरोकार विषयमा एजेण्डा र समस्याको विषयलाई उजागर गर्ने , राजनीतिक दल र उम्मेदवारको घोषणा पत्रमा आधारित भएर जनसरोकारका एजेण्डालाई मतदातासम्म पु¥याउने र मतदाताको सरोकारका विषय राजनीतिक दलसम्म पु¥याउन रिपोर्टिङ गर्ने , निर्वाचन प्रक्रियाको विषयमा रिपोर्टिङ गर्ने , निर्वाचनमा आउने जोखिमको विषयमा सचेत हुने र समाचार वा सूचना दिँदा अधिकतम सन्तुलनको प्रयास गर्ने बताउनुभयो ।
यस्तै उहाँले निर्वाचनमा मिडिया र पत्रकारले गर्न नहुने कार्यका बारेमा समेत जानकारी गराउनुभएको थियो । जसमा राजनीतिक दल वा उम्मेदवारबाट आर्थिक लाभ लिएर समाचार लेखन र प्रसारण गर्न , मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनु नहुने ,सत्य तथ्य र विश्वसनीय समाचार बनाउने पत्रकारिताको मान्यता नबिर्सने , तथ्यलाई तोडमोड नगर्ने , राजनीतिक दल र उम्मेदवारको गतिविधिमा समान निगरानी गर्ने , विज्ञापनलाई समाचार नबनाउने , राजनीतिक दल र उम्मेदवारको घोषणापत्रको अध्ययन नगर्ने र आरोपमात्र लगाउने , निर्वाचन प्रक्रियाको विषयमा गलत जानकारी दिने , बजारमा फैलिने अपुष्ट हल्ला(ह्युमर)को पछि लागेर गलत रिपोर्टिङ गर्न नहुने बताउनुभयो । यस्तै निर्वाचनसम्बन्धी तथ्य र विवरणलाई तोडमोड गर्ने , कुनै दल वा उम्मेदवारको मुखपत्र बन्ने , मतदाता प्रभावित गर्ने कार्य गर्ने, निर्वाचनका बेला सामाजिक सञ्जालमा आएका सूचनालाई पुनःपुष्टि नगरी सम्प्रेषण गर्ने जस्ता कार्य पनि गर्न नहुने जानकारी गराउनुभयो ।
कार्यक्रममा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र डब्लु डब्लु जे नवलपुर अध्यक्ष ज्ञानु पँगेनीले बोल्नुभएको थियो । उहाँहरुले पत्रकारले निर्वाचनमा निभाउनुपर्ने भूमिका र पालना गर्नुपर्ने आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनका विषयमा मतदातासम्म पु¥याउनुपर्ने सहि सूचना , मतदाता शिक्षा र सुसूचित गर्ने काममा पत्रकारहरु लाग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा आबद्ध करीब २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागि पत्रकारहरुले आचार संहित पालना भए नभएको निगरानी गर्ने निकायको बारेमा चासो राख्नुभएको थियो । यस्तै निर्वाचन आयोगबाट प्रकाशन र प्रशारणको लागि उपलब्ध हुने सूचनाहरु सबै मिडियालाई दिनुपर्ने माग गर्नुभएको थियो । पछिल्लो समय सञ्चार माध्यमको प्रभावकारी माध्यम बनेको अनलाईनलाई सूचनाहरुबाट बन्देज गरिएको र उम्मेद्धारहरुका सूचना समेत प्रकाशन गर्न नपाउने गरि विभेद गरिएको प्रति आपत्ति प्रकट गर्नुभएको थियो । यस्तै टेलिभिजनले अघिल्ला निर्वाचनमा सूचना पाइराखेको अवस्थामा अहिले नसमेटिएको भन्दै यस विषयमा नेपाल पत्रकार महासंघ मार्फत् समेत पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्व ( नवलपुर) का कार्यालय प्रमुख लाल प्रसाद शर्मा भुसालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वको आयोजनामा कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |