२०८० मंसिर २०, बुधबार
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिकाको बजार क्षेत्रमा पानी निकासको ड्रेन(नाला) निर्माणको कामलाई ठेकेदार कम्पनीले अगाडी बढाएको छ । राजमार्गको काम सुस्त गरेर आलोचना खेप्दै आएको चाइनिज कम्पनीले हाल कावासोती बजार क्षेत्रको कामलाई प्राथमिकता दिएर काम गर्न लागेको हो । जस अनुसार थकाली चोक क्षेत्रबाट सडक दायाँ बाँया सडककाे पानी निकासको लागि ड्रेनकाे कामलाई अगाडी बढाई रहेको छ ।
बजार क्षेत्रमा आवश्यक काम नगर्दा बजार क्षेत्र अस्तब्यस्त बनेकोमा नगर प्रमुख विष्णुप्रसाद भुसालले चासोका साथ पटक पटक चाईनिज प्रतिनिधिसँग समन्वय गर्दै आउनु भएको छ । केहि दिन अघि मात्रै पनि बजारक्षेत्रमा निर्माणलाई तिब्रता दिने र व्यस्थित बनाउने विषयमा छलफल भएको थियो । सो क्रममा बजार क्षेत्रमा ड्रेन निर्माण , माटाे फिलिङ सहित कालाेपत्रे कामलाई प्राथमिकता दिएर अघि बढाउने निर्माण कम्पनीका प्रतिनिधिले बताएका थिए ।
अहिले कामदार अभावमा कामलाई तिब्रता दिन नसकेको निर्माण कम्पनीले बताएको छ । थप कामदार पाए ड्रेन निर्माणको कामलाई बजार क्षेत्रमा चाडै सम्पन्न गरि व्यथित बनाउने निर्माण कम्पनीले बताएको छ ।
यस बिचमा छलफल अनुसार कामको अवस्था के कस्तो रहेको छ भनेर नगर प्रमुख विष्णुप्रसाद भुसालले स्थलगत अवलोकन समेत गर्नुभएको छ ।
निर्माण कम्पनीलाई कामको प्रगति हेरेर ठेक्का सम्झौता अघि बढाउने दबाद दिएपछि अहिले राजमार्गका विभिन्न स्थानमा मर्मत र केहि कामलाई सुरु समेत गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |