२०८० मंसिर २४, आईतबार
कावासोती । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले घरदैलो कार्यक्रम तिब्र बनाएका छन् । नवलपुरमा दुईवटा संघ र ४ वटा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा जुटिरहेका छन् । यसै विच नेकपा एमालेबाट प्रदेश सभा १–ख,का उम्मेदवार रोशन बहादुर गाहाले विकास र समृद्धिका लागि एमालेको सरकार स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ । कावासोतीका विभिन्न स्थानमा भएका कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै गाहाले एमाले विकास र समृद्धि चाहन पार्टीले भएकाले एमालेले जित्नुपर्ने बताउनुभयो । नवलपुरको महत्वपूर्ण विकासका योजना एमाले सरकारकै पालामा सुरु भएको बताउँदै उहाँले विकास चाहने मतदाताले एमालेको सरकार स्थापनाका लागि मत दिनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशमा एमालेको सरकार हुँदा एक घर, एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता महत्वपूर्ण योजना सञ्चालन भएको बताउँदै एमालेका सरकार नहुँदा जनताले विकासको अनुभुति समेत नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘एमालेको सरकार हुँदा जनमुखी कार्यक्रम सुरु भए, गठबन्धनको सरकार हुँदा सरकार नभएजस्तो भयो ,जनताले दोब्बर करको भार खेप्नुपर्यो, विकासले गति लिगेन ,यसकारण एमालेको सरकार आवश्यक छ, एमालेको सरकार नबन्दा विकास रोकिदो रहेछ।’
कतिपय एमालेका सरकारहुँदा थालनी भएका काम गठबन्धन सरकार आउँदा रोकिएको काटिएको, कर दोब्बर बनाएर जनताको ढाड सेक्ने, पिता पुर्खाका नाममा ट्रष्ट बनाएर रकम राख्ने काम बाहेक केही नभएको भन्दै विकास र समृद्धिका लागि एमालेको सरकारनै आवश्यक रहेको जनताले समेत महसुस गरेको उहाँले बताउनुभयो ।
एमालेकै सरकार हुँदा नवलपुरमा सहज रुपमा लाइसेन्स प्राप्त गर्ने वातावरण बनाउन यातायात कार्यलय स्थापना सहित जिल्ला स्तरका कार्यालय स्थापना गरेको बताउँदै यसले जनतालाई राहत मिलेको बताउनुभयो ।
संघ प्रदेशमा एमालेको सरकार स्थापना गरि विकासका बाटोहरू खोल्न यस पटक नवलपुर १ ले इतिहास कायम गर्नुपर्ने उहाँले बताउनुभयो । नवलपुर १ मा विकास चाहने विकास पे्रमी जनताले यस पटक नवलपुर १ का संघ प्रदेश तीनवटै क्षेत्रमा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |