२०८० मंसिर २०, बुधबार
कावासोती । हरिबोधनी एकादशीको अवसरमा कावासोती १२ पिठौलीमा यस वर्ष पनि मेला लाग्ने भएको छ ।
बिहीबार र शुक्रबार ( भोलि र पर्सि ) दुई दिन मेला लाग्ने भएको हो । मेलाको लागि आवश्यक तयारी भइरहेको छ । पिठौली चौर युवा समिति कावासोती १२ को आयोजना र व्यवस्थापनमा मेला लाग्ने भएको हो ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार , नवलपुरको पहाडी क्षेत्रको सुन्तला , विभिन्न व्यवसायिक स्टल समेत रहने समितिका नवीन मानन्धरले जानकारी दिनुभयो । दुई दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती रहने छ । राजन गुरुङ , नेत्रपानी बास्तोला , बसन्त थापा , पूर्ण लम्साल विमला घर्ती मगर , ओम गुरुङ दिपाशा जलपरी लगायतका कलाकाहरूको प्रस्तुती रहने मानन्धरले जानकारी दिनुभयो । साथै स्थानीय थारू , बोट माझी समुदायको परम्परागत नाच , भजन , साहित्यिक कार्यक्रम हुने मानन्धरले बताउनुभयो । ( भोलि दिउसो तीन बजेबाट सांस्कृतिक कार्यक्रम सुरु हुने छ । यस्तै नारायणी नदीमा बोटिङ्गको समेत व्यवस्था गरिएको छ ।
यहाँ प्रतेक वर्ष ठूलो एकादशीमा मेला लाग्दै आएको छ । नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न नवलपुर सहित आसपासका जिल्लाहरुबाट समेत यहाँ भक्तजनहरू आउने गर्दछन् । यहाँ विभिन्न ठाउँबाट आएका भक्तजनहरूले भजन कृतन बाजागाजा सहित नारायणी नदीमा तोरण टाङ्ने , तुलसी रोप्ने गर्दछन् ।
ठूलो एकादशीमा नवलपुरको पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही , बालीघाट , त्रिवेणी लगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |