२०८० मंसिर १४, बिहिबार
कावासोती । नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र नं. एक मा कृष्ण पौडेल उम्मेद्वार रहनु भएको छ । यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं. एक क मा रबिन्द्र अधिकारी , एक ख मा रोशन बहादुर गाहा र गण्डकी प्रदेश समानुपातिकमा टङ्क माकिम मगर उम्मेद्वार हुनुहुन्छ ।
नेकपा एमालेको साझा नारा खुसी नेपाली समृद्ध नेपाल साकार पार्न यसपटक एमालेको सूर्य चिन्हमा मत राखेर सहयोग गर्न आम मतदातालाई एमालेका उम्मेदवारहरूले घरदैलोमा पुगेर आग्रह गर्नुभएको छ । साथै क्षेत्र नं. एकबाट उम्मेद्वारी दिनुभएका प्रतिनिधि , प्रदेश र समानुपातिक तर्फका उम्मेदवारहरूले नवलपुरको विकास समृद्धिका लागि साझा प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
जस अन्तरगत उद्योग र पर्यटन तर्फ लोकाहा क्षेत्रमा गण्डकी प्रदेशको निर्णयबाट सुरु हुन लागेको औद्योगिक क्षेत्रका लागि आवश्यक नीति नियम र बजेटको व्यवस्था गर्ने , विदेशमा काम गरेर सीप तथा अनुभव लिएर फर्केका युवाको सीप , क्षमता र उत्साहलाई प्रेरित गरि युवा रोजगारी र उद्यमशीलताको विकास गर्ने , लगानीमैत्री वातावरणको सिर्जना गरेर , सीप मूलक तालिमबाट क्षमता विकास गरेर , पर्यटनलाई प्रबर्द्धन गरेर बहुपक्षीय स्वरोजगारी र रोजगारीका अवसरहरू सिर्जना गर्ने छन् । यसैगरी नदी र नदीको पानीलाई पर्यटन प्रवर्द्धनमा प्रयोग गर्दै नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण तथा क्षेत्र गरी रहेका पर्यटकीय भूगोलहरूको प्रचार प्रसार तथा विकास गर्ने , चुरे – महाभारत क्षेत्र पर्यटकीय पदमार्ग निर्माण गर्ने , भिजिट नवलपुर अभियानलाई प्रवर्द्धन गर्ने , सञ्चालनमा रहेका होम स्टेहरुलाई व्यवस्थापकीय सुधार निर्माण अनुदानको व्यवस्था गर्दै थप होम स्टे ग्रामको निर्माणको लागि प्रेरित गर्ने रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |