२०८१ बैशाख १७, सोमबार
कावासोती । नवलपुर प्रदेश सभा दुई क का उम्मेद्वार पदमा जिसी श्रेष्ठले जेष्ठ , युवा, महिला , दलित , सुकुम्बासी सबैले जित्नका लागि नेकपा एमालेले जित्न जरुरी रहेको बताउनुभएको छ ।
आइतबार , कावासोती नगरपालिका वडा नं. तीनको घरदैलो कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमालेले लिएको सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना पुरा गर्न नेकपा एमालेलाई जिताउन आग्रह गर्नुभयो । आफू नेकपा एमालेबाट उम्मेद्वार भएको कारण सूर्य चिन्हमा मत राखेर आफूलाई र एमाले पार्टीलाई मात्रै नभई देशलाई जिताउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेकपा एमालेले जित्नु भनेको देशले जित्नु हो । राष्ट्रियताले जित्नु हो , त्यसैले हिजोका दिनमा अन्यत्र मत हालेको भएपनि यसपटक सूर्य चिन्हमा मत राखेर देश जिताउने अभियानमा सहभागि हुन म सबै मतदातामा अनुरोध गर्छु । ’ आफू वडा नं. तीन र कावासोती नगरपालिकाको बासिन्दा भएको हुँदा यहाँका हरेक समस्यासँग साक्षात्कार रहेको बताउनुभयो । यदि आफूले जितेमा यहाँ रहेका हरेक समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । घरदैलोमा चुनावी भाषणका लागि मात्रै बोलेको नभै आफूले बोलेका बुरा गरेका बाचा पुरा गर्न हरसम्भव लाग्ने समेत उहाँले बताउनुभयो । जसका लागि सूर्यमा भोट राखेर आफूलाई जिताउन उहाँको आग्रह छ । आम नागरिकको हैसियतमै रहँदा पनि समाजका हरेक सुखदुःखमा , अप्ठेरामा आफूले सकेको साथ सहयोग गर्दै आएको स्मरण गराउँदै उहाँले यदि आफूले जितेमा आफ्नो गाउँठाउँ बनाउन डटेर लाग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
मंसिर चार गते हुने निर्वाचनलाई लक्षित गर्दै अहिले नेकपा एमालेका उम्मेद्वार दैनिक घरदैलो अभियानमा हिँडेका छन् । सोही क्रममा आज कावासोती वडा नं. ३ मा घरदौलो अभियान गरिएको हो । वडामा रहेको विभिन्न मुख्य मुख्य चोक , गणेश चोक , माने चोक , संगम चोक , गुम्बा चोक नवदुर्गा चोक , सृजनशील टोलमा उम्मेदवारको टोलीले कोण सभा गरेको छ । टोलीमा संविधान सभा सदस्य जीवन श्रेष्ठ सहित नेकपा नेता नएमाले कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |