२०८० मंसिर १६, शनिबार
अरुङ्गखाेला । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि राष्ट्रिय युवा संघले क्विक रेस्पाेन्स टिम गठन गरेको छ । नवलपुर २ ख मा १९ सदस्यीय क्विक रेस्पाेन्स टिम गठन गरेकाे हाे । हिमाल सिंङ ठकुरीकाे संयाेजकत्व युवा संघको १९ सदस्यीय क्विक रेस्पाेन्स टिम गठन गरिएको हाे ।
निर्वाचन पूर्व र मतदानको समयमा आफ्ना मतकाे संरक्षण ,मतदाताकाे सहजताका लागि क्विक रेस्पाेन्स टिम गठन गरिएको हाे ।
अरुङ्गखाेलामा भएको कार्यक्रम नवलपुर २ का उम्मेदवार एमाले केन्द्रीय सदस्य तिलक महतले बाेल्दै विकास र समृद्धिका लागि एमालेले जित्नु पर्ने बताउनुभयो । काङ्ग्रेस सहित गठबन्धनकाे २३ वर्षको सरकार एमालेकाे नेतृत्वको करिब ४ वर्षको हिसाब गर्न आग्रह गर्नुभयाे । केपी शर्मा ओली नेतृत्वको एमालेकाे संघीय सरकार र पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारका समयमा नवलपुरमा गाैरवमा आयाेजना सुरु भएको केही सम्पन्न भएको नेता महतले बताउनुभयो । नमूना सदरमुकाम , पूर्व पश्चिम राजमार्ग विसतारकाे याेजना एमाले सरकारकाे पालामा सुरु गरेकाे उहाँले बताउनुभयो ।
नवलपुर खण्डमा कालीगण्डकी करिडाेरका लागि अरबाैं रकम विनियोजन गरि काम गरेकाे, हजारौंलाई राेजगार सृजना गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउने फलाम खानिकाे काम अघि बढाउने काम एमाले सरकारले गरेको समेत उहाँले बताउनुभयो ।
त्रिवेणी मूल भन्सार कायम, वाल्मीकि आश्रम जाने झाेलुङ्गेपुल देखि जनाताकाे सुविधाकाे लागि नवलपुरमै यातायात कार्यालय स्थापना गरि यहिबाट लाईसेन्स लिन सकिने व्यवस्था समेत एमालेकाे सरकार हुदा गरिएको भन्दै विकास र समृद्धिकाे एजेन्डा बाेकेकाे पार्टी एमाले भएको बताउनुभयो ।
एक घर एक धारा , गाउँ गाउँमा विजुली पुर्याउन उज्यालो गण्डकी प्रदेशको कार्यक्रम , गण्डकी प्रदेशकाे रणनीतिक सडकका रुपमा नवलपुरमा उत्तर दक्षीण सडकका लागि काम सुरु लगायतका धेरै काम एमाले नेतृत्वको सरकारकाे पालामा अघि बढेकाे उहाँले बताउनुभयो ।
प्रदेश २ ख का उम्मेदवार लक्ष्मण बहादुर पाण्डेले नवलपुरकाे विकासको एजेन्डा एमालेसँग मात्रै रहेकाले मंसिर ४ मा आफुहरुलाई मतदाता गर्न आग्रह गर्नुभयाे ।
आफ्नो विगतकाे कामका अनुभवका आधारमा यहाँको विकासलागि आफू लाग्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले एमालेकाे जितमा देश र जनताको हित रहेकाे भन्दै एमालेका सबै उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |