२०८० मंसिर १६, शनिबार
कावासोती । अखिल नेपाल फुटबल सघ (एनफा) को आयोजनामा काठमाडौंमा हुनगैरहेको सहिद स्मारक सि डिभिजन राष्ट्रिय फुटबल लिग छनोट खेलमा सहभागि हुने खेलाडीलाई कावासोती नगरपालिका र वडा नं. ३ को कार्यालयले बिदाई गरेको छ ।
आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमबीच नगर प्रमुख विष्णु प्रसाद भुसालले खेलाडीलाई खादा र अबिर लगाएर बिदाई गर्नुभएको नगर प्रवक्ता तथा कावासोती तीनका अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो । खेलाडीलाई जितको शुभकामना दिदै नगर प्रमुख भुसालले खेलाडीलाई बिदाई गर्नुभएको हो ।
कावासोती तीन स्थित २८ बिगाहा युवा क्लबका २१ जना खेलाडी तथा अफिसियलहरू नवलपुर जिल्लाकै प्रतिनिधित्व गर्दै काटमाण्डौँ प्रस्थान गरेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । बिदाई कार्यक्रममा नगर प्रमुख विष्णु प्रसाद , नगर प्रवक्ता तथा कावासोती तीनका अध्यक्ष डोरमान गिरी, कावासोती १२ का अध्यक्ष दिपेश खनाल , वडा सदस्यहरू एवं कर्मचारीहरूको उपस्थितिमा खेलाडीहरूलाई अग्रिम छनौटको शुभकामना सहित बिदाई गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |